पत्रकार महासंघ लमजुङको जिल्ला अधिवेशनमा मिश्रित परिणाम



नेपाल समाचारपत्र
लमजुङ
नेपाल पत्रकार महासंघको निर्वाचन परिणामले मिश्रित परिणाम दिएको छ। अधिवेशनमा सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा २ मतको झिनो अन्तरले आश गुरुङ विजयी भएका छन्। छैटौं जिल्ला अधिवशेनका क्रममा भएको निर्वाचनबाट सो परिणाम आएको हो।

सो पदका प्रत्यासी प्रेस चौतारीका आश गुरुङले प्रेस युनियनका परमेश्वर अधिकारीको ३१ मतका विरुद्धमा ३३ मत ल्याई विजयी भएका हुन्। त्यस्तै, उपाध्यक्ष (खुला) तर्फ स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष कृष्णबहादुर आले ३७ मतका साथ विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी प्रेस युनियनका छविलाल बगाले २६ मत पाएका थिए। उपाध्यक्षकै महिलातर्फ प्रेस सेन्टरकी विमला अधिकारीले ३४ मत ल्याएर विजयी भएका छन् भने सो पदमा प्रेस युनियनकी अञ्जु रिमालले २८ मत मात्र पाइन्।

यसै गरी सचिवमा प्रेस युनियनका सन्देश पौडेलले ३४ मत ल्याएर विजयी भएका छन् भने सो पदमा प्रेस सेन्टरका रुद्रहरि ढकालले ३० मत मात्र पाएको निर्वाचन समितिका संयोजक सन्तोष पौडेलले बताउनुभयो। उहाँका अनुसार सहसचिव (खुला) मा रवीन्द्र लामिछाने र कोषाध्यक्ष शान्ता कमली निर्विरोध निर्वाचित भए उनीहरू क्रमशः प्रेस सेन्टर र प्रेस युनियनका प्रतिनिधि हुन्। सहसचिव पदको (समावेशी) तर्फ प्रेस युनियनका श्यामशीतल परियारले ३१ मत ल्याई विजयी बने भने सो पदका अर्का प्रत्यासी प्रेस चौतारीका सरोज विश्वकर्मा ३० मत मात्र पाए।

सदस्य पदको महिलातर्फ सम्झना तामाङ ३७ मतका साथ विजयी भइन्। उनी प्रेस युनियनकी हुन्। सदस्यको दलिततर्फ सीताराम बसेल र जनजातितर्फ भरत राना निर्विरोध चयन भएका छन्। उनीहरू क्रमशः प्रेस चौतारी र प्रेस युनियनका हुन्। सदस्यको खुलातर्फका ४ जनामा ४० मतका साथ वेलिना थापा, ३५ मतका साथ निरज अधिकारी, ३४ मतका साथ सुशीला पौडेल र सिजन श्रेष्ठले ३३ मत ल्याएर विजयी भएका छन्। थापा प्रेस चौतारीकी र अन्य प्रेस युनियनका हुन्। सदस्य पदको खुलातर्फका अन्य प्रत्यासीमा नवीन धिताल ३२, वेदराज खनिया ३१ र दीपक अधिकारीले २५ मत पाएका थिए।

यसैबीच, प्रदेश सभासद्का सबै पद निर्विरोध भएका छन्। जसमा आश गुरुङ (सानो), कल्पना शर्मा दनाई, जनक श्रेष्ठ, रामकुमार भण्डारी, नारायणप्रसाद पौडेल, वपिन्द्र रेग्मी, युवराज श्रेष्ठ र श्रीकृष्ण लामिछाने चयन हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्