समाचारपत्रकर्मीसहित चार सम्मानित



नेपाल समाचारपत्र
लमजुङ
लमजुङमा नेपाल समाचारपत्रकर्मी सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखाको छैटौं अधिवेशनका क्रममा उनीसहित महासंघको शाखाका पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको हो।

नेपाल समाचापत्रकर्मी नवराज पहाडी नेपाल पत्रकार महासंघको लमजुङ शाखाका संस्थापक अध्यक्ष हुन्। उनका साथमा सम्मानित हुनेमा शाखाका पूर्वअध्यक्षत्रय सन्तोष पौडेल, किसान संगीत नेपाली र कृष्ण केसी छन्। उनीहरूलाई दोसल्ला र सम्मानपत्रका साथ सांसद जमीन्द्रमान घले, पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि दीपक पाण्डे र जिल्लला अध्यक्ष नवीन कुइँकेलले सम्मान गरेका थिए।

यसै गरी सो अवसरमा रेडियो मस्र्याङ्दीकी मीना गुरुङलाई क्रियाशील पत्रकारिता पुरस्कार र सप्तधारा डटकमका सञ्चालक सन्देश पौडेललाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। ती पुरस्कार राशिमा नगद २ हजार ५ सय रुपियाँ र प्रमाणपत्र रहेको छ। कार्यक्रम पत्रकार महासंघका जिल्ला अध्यक्ष नवीन कुइँकेलको अध्यक्षतामा भएको थियो।

प्रतिक्रिया दिनुहोस्