‘म क्लिनर हुँ। होटल र स्कुलका कोठाको सफाइ गर्छु। स्कुलमा कतिपय टिचरहरू आफूलाई माथिल्लोस्तरको ठान्छन्। मतिर हेर्ने उनीहरूको दृष्टि मलाई मन पर्दैन। एक जना शिक्षिकाको व्यवहारले त मलाई सधैं दुःखी बनाउँछ। आफू माथिल्लोस्तरको हुँ भन्ने चर्को घमण्ड उसका कुर्कच्चाका कर्कस चालबाट म बुझ्छु। मैले सिनित्त सफा गरेको भुईं नै फुट्ने गरी ऊ हिँडेको मलाई मन पर्दैन।‘
अशोक सिलवाल
होटलअगाडि ऊ मलाई कुरिरहेकी थिई। उसको निधारमा रातो टीका थियो। ‘उई आर इक्वेलु –परिचयको पहिलो खण्डमै कुम र झन्डै टाउको जुधाउँदै उसले भनी। हुन पनि उसको र मेरो उचाइ ठ्याक्कै बराबर थियो।
‘कलरफुल मान्छेले एक्कासी लगाइदिएकोु –दायाँ हातको चोर औंलाले निधारतिर देखाउँदै उसले भनी। ‘त्यसलाई हामी टीका भन्छौं अनि जसले लगाइदियो, उसलाई हामी सामान्यतया जोगी वा पुजारी भन्छौुं –मैले अरू व्याख्या नगरी त्यति मात्र भनें।
‘शुरुमा हार्दिक तरिकाले उसले टीका लगाइदियो अनि पछि त तोकेरै पैसा माग्यो। मलाई शुरुमा यो रातो टीका लगाएपछि पैसा दिनुपर्छ भन्ने थाहा थिएन। र, मैले दिएँ पनिु –उसले भनी। ‘हिजोआज यस्तो चलन पनि छ बजारमा। तर, त्यो तिमीले खुसीले दिने कुरा हो। यति–उति भन्ने हुँदैन। नदिए पनि कानुन लाग्दैनु –मैले थपें।
‘के तिनीहरू धार्मिक हुन् ? –उसले सोधी।
‘स्वरूपमा त धार्मिक नै देखिन्छन्ु –मैले त्यति मात्र भनें।
‘त्यसो भए तिनीहरू व्यापारी हुन् ?’ –ऊ उत्सुक भई।
‘म त्यो पनि भन्न सक्दिनँ। तर, पछिल्लो समय खास गरी पर्यटकीय क्षेत्रमा टिका लगाएर पैसा माग्ने चलन बढेको छ। तिनलाई म पर्यटकीय पुजारी भन्न रुचाउँछु, त्यति भन्दै मैले प्रसंगलाई पशुपतिमा पुर्याए– ‘हामी भोलि पशुपतिनाथ पनि जाँदै छौं। त्यहाँ तिमीले अनेक रंगले सुसज्जित केही पर्यटकीय जोगी पनि देख्न सक्छौं। ती धार्मिक देखिन्छन्। शुरुमा उनीहरूले तिमीलाई फोटो खिच्नलाई आउनू भन्नेछन्। अन्तिममा तिनलाई तिमीले अनिवार्यरूपमा पैसा दिनुपर्नेछ। तर, राम्रो कुरा भने त्यो उनीहरूले प्रदान गरेको सेवा हो र उनीहरूसँग बसेर खिचेको फोटो पनि राम्रो आउँछ। कम्तीमा मलाई चाहिँ मन पर्छ।
यस्तै र अरू विभिन्न खालका कुरा गर्दै हामी ठमेलबाट नगरकोट जाँदै थियौं। अर्थात् घना शहरबाट हरियालीतिर नजिकिँदै थियौं।
हामी सँगै थियौं। म शुरुदेखि नै कारको पछाडि सिटमा थिएँ। वेन्डी यट्स उसको नाम रहेछ। वेन्डी पनि पछाडि नै थिई। ड्राइभर अत्यन्त सुन्दर तरिकाले न छिटो न ढिलो गतिमा कार चलाइरहेको थियो। उसका कानका लोतीहरू हाम्रा सम्वादका सन्दर्भअनुसार कहिले खुम्चन्थे त कहिले फुक्थे। पटक–पटक ऊ हाँसेको हामीले उसको टाउकोको पछिल्लो भागको बेला–बेला बदलिने आकारबाट प्रस्टै अनुभव गरिरहेका थियौं।
हामी तेलकोटबाट नगरकोटको सिरानतिर नजिकिँदै थियँैं। नगरकोट उसलाई अस्ट्रेलियाको निम्बिन जस्तै लागिरहेको थियो। भन्दै थिई– ‘यति अग्लो नभए पनि यहाँकै जस्तो बनोट छ। उस्तै हरियाली छ। उस्तै रुखहरू। उस्तै शान्ति। उस्तै प्रकृति।
ऊ निम्बिन नोस्टाल्जियामा पुग्दै थिई। अस्ट्रेलियाको एउटा पहाडी भू–भाग निम्बिन त्यसको प्राकृतिक र सांस्कृतिक विविधताका कारणले इन्द्रेणी क्षेत्रको रूपमा पनि चिनिन्छ। त्यहाँ पुग्दा प्रसिद्ध लेखक अस्टिन पिकलाई नेदरल्यान्डको राजधानी आर्मस्टमको धुँवाग्रस्त चोक पहाडको बीचमा सरेजस्तो लागेको थियो। साहित्य र मूलधारका पत्रपत्रिकामा त्यो ठाउँलाई अस्ट्रेलियाको ड्रग राजधानीको रूपमा समेत लेखेको पाइन्छ।
कम्तीमा पनि दर्जन पटक उसले निम्बिनको प्रसंग निकाली। चिल्लो पहाडी सडकमा कारको झ्यालबाट छेउछाउ र परपर उसले हरियाली मात्र देखिन, अनेक अरू सुन्दर दृश्यहरू देखी।
‘हावा चल्दा यहाँ कस्तो आवाज आउला ? –सडकको दायाँ–बायाँ सल्लाका असंख्य रुखहरू देखेपछि उसले एक्कासी सोधी। त्यो प्रश्नले उसको भावनाको सूक्ष्मता र गहिराइ मलाई ज्ञात भइसकेको थियो। ‘सि, कार एन्ड काउु –सडकछेउमा पार्किङ गरिएको कार र त्यही छेउमा चरिरहेका गाई देखाउँदै उसले भनी।
सडक छेउमा एक जना अधवैंशे एउटा हातले बाख्रा डोर्याउँदै थियो। अर्को हातले ऊ मोबाइल कानमा लगेर कुरा गर्दै थियो। त्यो दृश्यले पनि उसलाई बेसरी खिचेछ। त्यो पनि उसले मलाई देखाइ। भलै मैले त्यो उसले भन्दा एक निमेष पहिले देखिसकेको दृश्य थियो।
आधुनिक र परम्परागत घरहरू एकै ठाउँमा देखेर ऊ दंग पर्दै थिई। ऊ जे देख्थी, ती सब तत्काल मलाई शेयर गर्दै थिई। पटक–पटक गइरहेको त्यो बाटोको चिरपरिचत परिवेशलाई म उसका आँखाले अझ गहिरो अनुभव गर्दै थिएँ। म उसलाई सुनाउनेभन्दा बढी सुन्ने भूमिकामा बदलिँदै थिएँ।
स्थानीय जीवनका अनेक दृश्यहरूलाई नियाल्दै कारसँगै हामी उकालिइरह्यौं। बाटोछेउ कुखुराहरू देखिए। थोरै पर चल्लाको अझ ठूलो हुल देखियो।
उसले बाल्यकालको एउटा घटना सुनाइ– ‘म सम्भवतः ४⁄५ वर्षको थिएँ। हाम्रो घरमा कुखुराका प्रशस्त चल्ला थिए। ममीले मलाई चारा हाल्दिनू भन्नुभयो। चारा हाल्न मैले बाक्साको मुखमा हात मात्र के लगेको थिएँ, तिनीहरू एकैपटक अचम्मले चिच्याए। माथिल्लो भाग खुला तर साँघुरो भएको बाक्सामा दुई दर्जन बढी चल्ला थिए। चल्लाको त्यो भयानक हल्लाले म त्रसित मात्र भइनँ, मेरो सातो नै गयो।’
त्यसको असर अहिले पनि उसबाट गइसकेको रहेनछ। भन्दै थिई– ‘मलाई चिकेनकरी असाध्यै मन पर्छ। तर, कुखुरा र खास गरी कुखुराको चल्ला भनेपछि म अहिले पनि आत्तिन्छु। बाल्यकालको इम्प्रेसन जीवनभर रहँदोरहेछ।ु
‘चल्लाको कथा। तिमी र चल्लाहरू यो कथाको मुख्य चरित्रहरू। सहायक चरित्र तिम्रो ममी। अनि शीर्षकचाहिँ इम्प्रेसन। हुन्छ ?ु –एक्कासी म लेखकका रूपमा प्रस्तुत भएँ।
एक्कासी उसका आँखा आँशुले भिजिसकेछन्। शुरुमा मैले ठानें– ‘धूलो परेर ती रसाएका होलान्।ु तत्कालै साचें– ‘दुवै आँखामा एकैपटक धूलो नपर्नुपर्ने हो। धूलो परेर एकैपटक दुवै आँखाबाट आँशु नआउनुपर्ने हो।
त्यसपछि बल्ल सोधें– ‘तिमी रोएकी ?
‘होइनु –उसले त्यति मात्र भनी। तर, उसको स्वरमा आँशुको लय मिसिएको थियो। त्यसपछि बल्ल मैले ऊ रोएको नै हो भनेर बुझें।
‘किन ? –केही भूमिका नबाँधी मैले सोधें। ‘यो सानो घटना हो। अथवा कुनै घटना नै होइन। तर, तिमीले मेरो जीवनको त्यही सानो घटनालाई गहिरो गरी व्याख्या गर्यौ। मलाई बुझ्यौ। यसरी यति गहिरो गरी मलाई बुझ्ने र मीठो तरिकाले त्यसलाई व्याख्या गर्ने जीवनमा मैले भेटेको तिमी पहिलो मान्छे हौु –आँशु पुछ्दै उसले चाहिनेभन्दा बढी मेरो बढाई–चढाई गरी।
उसले बच्चा पिङमा झुम्मिरहेका देखी। एउटी फुच्ची सकी–नसकी पिङमा मच्चिरहेकी थिई। जीवनमा प्रथमपटक देखेको त्यो दृश्य उसका लागि सुखद आश्चर्य थियो।
‘के हो त्यो ?’
‘त्यसलाई पिङ भनिन्छ। यो देशको एउटा मुख्य महान् चाड दशैंमा पिङ खेल्ने परम्परा र चलन छ। वर्षको एक दिन एकैछिनलाई भए पनि धर्तीलाई भार नदिऔं भन्ने कथासित यो परम्परा जोडिएको छु –मैले यति भन्दै गर्दा फेरि उसका आँखा भिजिसकेका थिए। त्यसपछि मैले ऊबारे थप जान्ने उत्सुकता देखाएँ।
‘म क्लिनर हुँ। होटल र स्कुलका कोठाको सफाइ गर्छु। स्कुलमा कतिपय टिचर आफूलाई माथिल्लोस्तरको ठान्छन्। मतिर हेर्ने उनीहरूको दृष्टि मलाई मन पर्दैन। एक जना शिक्षिकाको व्यवहारले त मलाई सधैं दुःखी बनाउँछ। आफू माथिल्लोस्तरको हुँ भन्ने चर्को घमण्ड उसका कुर्कच्चाका कर्कस चालबाट म बुझ्छु। मैले सिनित्त सफा गरेको भुईं नै फुट्ने गरी ऊ हिँडेको मलाई मन पर्दैन।ु
‘माफ गर, म तिमीलाई भन्दा तिम्रो पेसालाई बढी सम्मान गर्छु। सफाइ सुन्दर पेसा हो। र, यो पहाडी मुलुकको यात्रामा आएर तिमीले आफ्नै सफाइ पनि गर्दै छौ। यात्राले मनका अनेक कुना–कन्दरालाई सफा मात्र गर्दैन, त्यहाँ उज्यालो पनि थपिदिन्छ।ु
‘हो। तिमीले ठीक भन्यौ। नेपाल आउने निर्णय गरेदेखि नै मलाई त्यस्तै अनुभव हुनथालेको थियो। अचम्म के भने उत्साह र उत्सुकताको भारीले म निकै हलुका भएको थिएँ। यहाँ आइपुगेपछि त म आकाश नै चुम्दै छु –उसले भनी। ‘तर, धर्तीचाहिँ तिमीले कहिले चुम्यौ ?ु –मैले विषयलाई उसको जन्ममितितिर तानें।
‘सन् १९६०। १६ वर्षमा बिहे गरेकी उसले १८ वर्षमा छोरो पाइछ। अर्को २ वर्षमा छोरी पाइछ। अहिले उसका दुई नाति र दुई नातिना छन् रे!
ती सब भनिसक्दा उसले श्रीमान्को कुनै कुरा गरिन।
‘तिमीले श्रीमान्को त कुनै कुरै गरिनौं त ?
उसले भनी– ‘म उसको कुरा गर्नै चाहन्नँ। तर, सोधिहाल्यौ। त्यसैले भन्छु। हामी छुटिएको २० वर्ष भए पनि हामी दुवैले एक–अर्कालाई डिभोर्स दिएका छैनौं र अहिलेसम्म म सिंगल छु। ऊ पनि सिंगल छ। मैले ऊसँगै रहेर जीवनलाई सुन्दर तरिकाले अगाडि बढाउने निकै प्रयास गरें। तर, ऊ बदलिएन। म ऊसँगै सती जान चाहिनँ। मैले जीवनमा रोकिने होइन, अगाडि बढ्ने निर्णय गरें।ु
‘अनि ?
‘ऊ साइको थियो। उसको अनुहारमा मुस्कान मैले कहिल्यै देखिनँ। जहिल्यै दाह्री पाल्थ्यो। जहिले पनि रक्सी र चुरोटसँग हुन्थ्यो। मैले उसलाई त्यो हालतमा धेरै वर्ष सहें। अलिपछि म पनि काम सकेर घर फर्केपछि हरेक सँँझ कम्तीमा ४ वटा क्यानबियर खान्थें। चुरोट पनि अनिवार्य थियो। एक क्यानबियर एकैपटक सिनित्तै पार्दै चुरोटको लामो सर्को तान्थेुं,
आँखामा आँशु र स्वरमा कम्पन दुवैसहित ऊ भन्दै थिई– ‘म होटल र स्कुलका कोठा सफा गर्थें तर मरो जीवन साहै्र फोहोर थियो। मैले त्यसबाट मुक्ति चाहें। मैले श्रीमान् छाडें। श्रीमान्सँगै बियर र चुरोट छाडें। तर, ऊ अहिले पनि त्यस्तै छ। रक्सी र चुरोट मात्र होइन, उसका साथीहरूले भनेअनुसार अचेल ऊ थाइल्यान्ड गएर केटीहरूलाई सेक्स पनि गर्छ रे।
‘छोरापटिको नातिको पोहारको बर्थ डेमा ऊ पनि आएको थियो। बर्थ डेमा आएका आगन्तुकसहितको एउटा सामूहिक फोटो खिच्न लाग्दा उसको अनुहार कच्याककुचुक्क जस्तै देखें। मैले त्यस्तो अनुहार भएको मान्छेले गर्दा फोटो नै राम्रो आउँदैन भन्दैगर्दा उसको अनुहार रिसले अझ कालो भएको थियोु –रिस मिसिएको स्वरमा उसले भनी।
‘तर, यसपालिको बर्थ डेमा भने मेरै नजिक आएर ऊ हाँसिरहेको थियोु –उसले हाँस्दै भनी।
हामी नगरकोट पुग्यौं। गेस्ट हाउसका स्टाफहरूले मुस्कानसहित स्वागत गरे। उसले वेलकम जुस खाइन्।
‘किन ?
‘मलाई डाइबिटिज छ। तर, राम्ररी बार्ने गरेकी छु। त्यसैले यो मेरो लागि कुनै रोग होइन।
गेस्ट हाउसमा पुगेको केही छिनमा उसले नातिनातिना र तिनका साथीहरू लहरै सुतेको तस्वीर देखाउँदै भनी– ‘मेरो घर पनि मेरा नातिनातिना र उनीहरूका साथीहरूका लागि गेस्ट हाउस जस्तै हो तर उनीहरूले त्यहाँ पैसा तिर्नुपर्दैन। मकहाँ कहिले आउन पाइन्छ भनेर उनीहरू दिन गनेर बस्छन्। मेरा छोरा र छोरीको घर आधा घन्टाको दूरीमा छ।
साँझ वरिपरिको झ्यांगबाट किरा कराएको प्रस्टै सुनिन थाल्यो। गेस्ट हाउसको कोठातिर नगई हामी उत्तर फर्केको बरन्डामा उभिएरै कुरा गरिरहेका थियौं।
उसले एभरेस्टको कुरा उप्काइ। मैले नेपालीमा एभरेस्टलाई सगरमाथा भनिन्छ भनें। त्यही बिहान उसले एक घन्टा माउन्टेन फ्लाइट गरिसकेकी थिई। अनेकौं हिमाललाई आँखैमा टाँसेकी थिई उसले। आकाशमा उड्दै गर्दा ती चम्किला हिमालका शिखरहरू उसलाई आइसक्रिमझैं चाट्न मन लाग्यो रे!
भोलिपल्ट बिहान बादलबीच फाट्टफुट्ट हिमालका शिखर देखिए। आँशुले फेरि उसका आँखा भिजे।
‘तिम्रा आँशुका प्रत्येक दानालाई मनैदेखि सम्मान गर्छुु –तिनै हिमाललाई साक्षी राखेर मैले नगरकोटको डाँडामा उभिएर उसका आँखाबाट गालातिर झर्दै गरेको आँशुको एउटा थोपालाई औंलामा टिपेर भनें। ‘यो खुसीको आँशु हो। म रोएको होइनु –उसले भनी।
त्यही दिन ऊ फेरि पशुपति आर्यघाटमा जलिरहेका शवलाई हेरेर रोई। मलाई थाहा थियो, त्यो खुसीको आँशु पक्कै थिएन।
मैले अघिल्लो दिन भनेझैं त्यहाँ पर्यटकीय जोगीहरू भेटिए। ५ जनाको त्यो समूहले फोटोका लागि स्वागत गरे। पहिल्यै प्रत्येकलाई ५० रुपियाँ दिने सहमति भयो। शुरुमा माग्न त उनीहरूले प्रत्येकलाई सय रुपियाँ मागेका थिए।
शुरुमा उसले उनीहरूको फोटो खिची। त्यसपछि ऊ उनीहरूसँग मिसिई। मैले खिचिदिएँ।
त्यसमध्ये एक जनाले उसलाई रातो टीका लगाइदियो। गोरो निधारमा रातो टीका निकै खुलेको थियो। त्यसमाथि उसको मुस्कानले ऊ चम्किएकी थिई। रातो टीकामा अघिल्लो दिन भेटिएकी वेन्डी मसँग अब केही छिनमा रातो टीकामै छुटिँदै थिई। छुटिँदा फेरि रुने त होइन ?
प्रतिक्रिया