युवतीद्वारा चार वर्षीय बालक बलात्कृत

0
Shares

ओहाइयो, (एजेन्सी)
ओहाइयो निवासी एक जना बीस वर्षीया महिलाले एक जना चार वर्षीय बालकसँग यौन सम्पर्क गर्दै गरेको आफैंले खिचेको भिडियो फुटेज अनलाइनमा पोस्ट गरेको पिपुल नामक अखबारले लगाएको छ।

अदालत सूत्रले इन्डिया किर्कसी नामक ती महिला विरुद्ध बलात्कारको अभियोग लगाइएको जनाएको छ। उनी अहिले ३ लाख ५० हजार अमेरिकी डलर जमानतमा रहेको बताइएको छ।

तर बिहीबार उनले आफूमाथि लगाइएको अभयोग विरुद्ध याचिकापत्र दायर गरेको छ वा छैन तथा उनले कानुनी परामर्शदाता मद्दत लिइसकेको हो वा होइन भन्ने स्पष्ट नभइसकेको बताइएको छ। पीडित बालकको उमेरलाई लिएर यो मुद्दा निकै संवेदनशील र चर्चाको विषय बनेको छ।

ओहाइयोको ह्यामिल्टन काउन्टिका गुप्तचरहरूले सो भिडियो हेरेको दाबी गर्ने टेक्सासका एक व्यक्तिको सुराकको आधारमा किर्कसीमाथि अनुसन्धान थालिएको बताएका छन्। यसै वर्षको शुरुमा चर्चित लाइभ एप पेरिस्कोभमा सो भिडियो पोस्ट गरिएको थियो। सिन्सिनाटी डट कमले सोधपुछका क्रममा ती महिलाले बालकसँग मुख मैथुन गरेको स्वीकारेको जनाएकी छन्।