ओप्पोको वार्षिक वृद्धिदर १ सय ३३ प्रतिशत



नेपाल समाचारपत्र
काठमाडौं
स्मार्टफोन ब्रान्ड ओप्पोले सन् २०१६ मा १ सय ३३ प्रतिशतको वार्षिक वृद्धिदर (प्राप्त गर्न सफल भएको रिसर्च फर्म आईडीसीले जनाएको छ। आईडीसीका अनुसार प्रिमियम डिजाइन र उत्कृष्ट फोटोग्राफीको सफल समायोजन गरिएका उत्पादनहरूको माध्यमबाट ओप्पोले बजार हिस्साको अनुपातमा विश्वकै चौथौं स्मार्टफोन ब्रान्डका रुपमा आफ्नो स्थान कायम गर्न सफल भएको हो। चिनिया बजारमा कम्पनीले हालैका दुई क्वाटर्समा पहिलो स्थान हात पार्न सफल भएको छ।

आईडीसीको प्रारम्भिक डाटाका अनुसार सन् २०१६ मा ओप्पोले विश्व स्मार्टफोन बजारको ६ दशमलव ८ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ। साथै चारै क्वाटर्समा शतप्रतिशत भन्दा बढीको ‘इयर अन इयर ग्रोथ’ हात पारेको कम्पनीले जनाएको छ।

‘सन् २०१६मा सरल र केन्द्रित रणनीति अपनाउँदै हामीले उपभोक्ता माझ आफ्ना प्रिमियम गुणस्तर तथा उत्कृष्ट क्यामेरा सहितका उत्पादन पस्क्यौं’, ओप्पो भीपी तथा इन्टरनेसनल मोबाइल विजनेसका प्रबन्ध निर्देशक स्काइ लीले भन्नुभयो–‘ आफ्ना उपभोक्ताको माग तथा आवश्यकता अनुसारका उत्पादन पस्किने प्रतिबद्धता नै हाम्रो सफलताको प्रमुख कारण हो।’

ओप्पोले पछिल्लो वर्ष दुई प्रमुख उत्पादन ‘सेल्फी एक्स्पर्ट एफ सिरिज’ र स्टाइलिस आर सिरिजमा आफ्नो ध्यान केन्द्रित गरेको थियो।१६ मेगा पिक्सेल क्षमता सहितको क्यामेरा भएको एफवानएसले ओप्पोको प्रमुख दुई क्षेत्र दक्षिण तथा दक्षिण पूर्वी एसियामा ठूलै सफलता हात पारेको छ।

प्रतिक्रिया दिनुहोस्