नेपालको छैटो हार


काठमाडौं, (नेस)
भारतमा जारी दोस्रो ब्लाइण्ड क्रिकेट विश्व कप टी २० मा नेपालले छैटो हार आत्मसात गरेको छ ।

मंगलबार कर्नाटकस्थित कर्नाटक स्टेट क्रिकेट एसोसिएसनको मैदानमा भएको खेलमा नेपाल इंग्ल्यान्डसँग ९० रनले हारेको हो । नेपालले २३४ रनको लक्ष्य पाएको थियो । जसमा नेपाली टोली निर्धारित २० ओभर खेले पनि १४३ रनमा खुम्चिएको थियो । जबकी नेपालको तीन विकेट सुरक्षित थिए ।

यसअघि सो प्रतियोगितामा नेपालले अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, वेष्टइन्डिज र श्रीलंकासँग हार बेहोरेको थियो । एक खेलमा भने दक्षिण अफ्रिकालाई हराउन सफल भएको थियो ।

इंगल्याण्डको जितमा लुक ज्यासन स्मिथले शतक प्रहार गर्दा पिटर ब्लुइटले ६० रनको योगदान गरे। नेपालका पदम बहादुर बदाइलाले २ तथा सुनिल थापा मगरले १ विकेट हात पारे। जवाफमा नेपालले १४३ रन मात्र बनाउन सक्यो। नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले सर्वा्धिक ४२ रन बनाए। यस्तै सुनिल थापा मगरले ३० तथा किर्तन श्रेष्ठ दुवालले २७ रन जोडे। नेपालका बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

नेपालले आगामी बुधबार आयोजक भारतसँग आफ्नो आठौं खेल खेल्नेछ भने विहिबार न्युजिल्याण्डसँग अन्तिम खेल खेल्नेछ।