काठमाडौँ, २५ माघ । परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालका खाडीका राष्ट्रको प्रयास (बिम्स्टेक) लाई यातायातको सञ्जालबाट आपसमा जोड्नुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौंमा जारी बिम्स्टेकका अधिकारीको बैठकमा सहभागी हुनआएका बिम्स्टेकका सदस्य राष्ट्रका विदेश सचिवहरुको सामूहिक भेटका क्रममा मन्त्री डा महतले सो धारणा राख्नुभएको हो ।
विदेश सचिवहरुले मन्त्री डा महतलाई आज परराष्ट्रमन्त्रालयमा ्भेट गर्नुभएको हो । भेटका क्रममा मन्त्री डा महतले यस क्षेत्रलाई यातायातको सञ्जालबाट जोड्न सकिएमा यस क्षेत्रको विकासमा थप सहयोग पुग्ने र यसबाट आपसी तथा जनताबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने बताउनुभयो ।
बिम्स्टेक यस क्षेत्रका राष्ट्रको लागि एक महत्वपूर्ण मञ्च भएकाले यहाँको पर्यटन प्रवद्र्धन, आर्थिक विकास र अन्तरदेशीय प्रशारण लाइनको माध्यमबाट विकासमा सघाउन पु¥याउने उहाँले बताउनुभयो ।
मन्त्री डा. महतले आतङ्कवादका विरुद्धमा लड्नका लागि पनि यस्तो यातायात सञ्जालको विकासले सघाउने भन्दै आतङ्कवाद नियन्त्रणको एजेन्डमा यस क्षेत्रमा कसैको विमति रहने कुरै नआउने धारणा व्यक्त गर्नुभयो ।
नेपाल भू–परिवेष्ठित राष्ट्र भएकाले पनि सम्भव भएसम्म नदीको माध्यमबाटै समुद्रसम्मको पहूँचका लागि यस मञ्चले निर्माण गर्ने यातायातको सञ्जालले सहयोग पु¥याउने बताउँदै उहाँले नेपालले जतिसक्दो चाँडो बिम्स्टेकको शिखर सम्मेलनको आयोजना गर्ने र सम्भवत आगामी जुन महिनाका लागि बिम्स्टेक मन्त्रिस्तरीय बैठक आयोजनाको प्रस्ताव नेपालले गर्ने जानकरी दिनुभयो ।
सो बैठकका क्रममा सम्भवत अन्तरदेशीय प्रशारण लाइनको निर्माणका विषयमा समझ्दारी हुने जानकारी पनि उहाँले दिनुभयो । नेपाल बिम्स्टेकको अध्यक्ष हो । रासस
प्रतिक्रिया