सुभाषचन्द्र देवकोटा
आज देशभरि राष्ट्रिय स्वाधीनताको विषयमा चर्को बहस चलिरहेको छ। यसरी सर्वत्र राष्ट्रियताको बहस चलिरहेका बेला जीवनपर्यन्त राष्ट्रिय स्वाधीनताको पक्षमा लागिपरेका राष्ट्रवादी आन्दोलनको अभियन्ता स्वर्गीय राजेश्वर देवकोटालाई स्मरण गर्नु सान्दर्भिक नै हुन आउँछ। शक्ति, सत्ताभन्दा पर रहेर राष्ट्रिय जागरणको अभियानमा निरन्तर लागिरहने अविचलित देशभक्त थिए राजेश्वर देवकोटा।
पद र शक्ति प्राप्तिलाई नै सफलताको रूपमा लिने वर्तमान परिपाटीमा राजेश्वर देवकोटाको राजनीतिक जीवन कति सफल थियो र कति असफल थियो, यो बेग्लै अध्ययनको पाटो हुन सक्छ। तर उनी पद र शक्तिभन्दा पर नेपाली राष्ट्रिय आन्दोलनका प्रखर विचारक, अथक् अभियन्ता र साधक थिए भन्ने कुरामा भने कसैको दुई मत हुन सक्दैन ।
राजेश्वर देवकोटा गोर्खा लिग–लिगको पण्डित गाउ“मा वि.सं १९८६ मा जन्मेका थिए र गतवर्ष २०७२ साउन २५ मा उनको निधन भएको थियो। तर उनको राजनीतिक व्यक्तित्व भने त्यो गाउ“भित्र मात्र कहिल्यै सीमित रहेन। उनले कहिल्यै पनि भेगीय राजनीति गरेनन्। उनकोे राजनीति परिवार र गाउ“भन्दा माथि उठेको थियो। उनी राष्ट्रिय स्वाधीनताका पूजारी थिए। त्यसैले उनको विचार र राजनीति भन्नु नै देशको राष्ट्रियता थियो, स्वाधीनता थियो। यथार्थमा उनी राष्ट्रवादी आन्दोलनका अथक् अभियन्ता थिए।
शिक्षा सुधारको लागि भनेर २००४ सालमा तत्कालीन तीनधारा पाठशालाका विद्यार्थीले सञ्चालित गरेको जयतु संस्कृतम् आन्दोलनका वैचारिक नेताहरूमध्ये राजेश्वर देवकोटा पनि एउटा थिए। जयतु संस्कृतम्को आन्दोलन तत्कालीन एकतन्त्रीय जहानिया शासनको विरुद्ध नेपाली विद्यार्थीले चलाएको वैचारिक अभियान भए पनि यो नेपाली लोकतान्त्रिक आन्दोलन कोसेढुंगा थियो। जयतु संस्कृतम् आन्दोलनमा नेतृत्व गरेकै कारण तत्कालीन राणा शासकको कोपभाजनमा परेर राजेश्वर देवकोटाले पनि देश निकालासम्मको सजाय पाएका थिए।
उमानाथ देवकोटा र दुर्गाभक्त देवकोटा नाताले काकाहरू पर्ने भए पनि राजेश्वरका साथी र राजनीतिक आन्दोलनका सहयात्री थिए। विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका राजेश्वर देवकोटा २००५ सालताका भारत प्रवासमा बस्दा नेपाली राष्ट्रिय कांग्रेसका कार्यालय सचिव भएर काम गरे। २००७ मा एकतन्त्रीय जहानिया राणा शासनको विरुद्ध भएको सशस्त्र जनक्रान्तिका सांगठनिक नेता र गोरखा, लमजुङका कमान्डर थिए उनी।
उनले सात सालको क्रान्तिमा लाग्दा मृत्युस“ग धेरैपटक साक्षात्कार गरेका पनि थिए। तर २००७ सालको जनक्रान्ति दिल्ली सम्झौतामा समाप्त पारेपछि, नेपालको घरेलु राजनीति र राष्ट्रिय स्वाधीनताका सवालहरूमा भारतीयहरूको ठाडो हस्तक्षेप ह्वात्तै बढेर गएको थियो। यस्तो भारतीय हस्तक्षेपविरुद्ध नेपाली कांग्रेसले केही नबोल्नु बरु उल्टै भारतीय मिलिटरी मिसन नेपालको उत्तरी सीमामा राख्न अनुमति दिने र कोशी सम्झौतालगायत थुपं्र असमान सन्धि सम्झौताहरूमा सहभागी भएको देखेर राजेश्वरको नेपाली कांगे्रसप्रति मोहभंग भयो र उनले ०९ सालतिर नेपाली कांग्रेस परित्याग गरेका थिए। तर राजेश्वरका सहयात्री उमानाथ देवकोटा र दुर्गाभक्त देवकोटा भने गुमनाम भएर पनि जीवनपर्यन्त कांग्रेसमै बसे।
राजेश्वर हरेक कुरालाई देश र स्वाधीनताको आ“खाले हेर्थे र परख्थे। त्यसैले त राजेश्वर देवकोटा राजतन्त्रवादी हु“दाहु“दै पनि राष्ट्रवादी थिए। उनी सत्ता र शक्तिका भोका पनि कहिल्यै भएनन्। विन्तीभाउ बिसाउने त उनको स्वभावै थिएन। यथार्थमा उनी जति बा“चे स्वाभिमानी भएर बा“चे, राष्ट्रवादको झण्डा उचालेर बा“चे।
नेपाली राष्ट्रियता नै उनको जीवनको विचार, उद्देश्य र राजनीति थियो। यसको लागि उनले धेरैस“ग धेरै पटक विद्रोह गरे। उनी कुनै बेला नेपाली कम्युनिस्टहरूमा राष्ट्रियताको छनक देख्थे। तर जब रोल्पा, रुकुमका जंगल पसेर भारतीय विस्तारवादको विरुद्ध जनतालाई शुरूङ युद्धको तालिम दिने माओवादीहरू नै दिल्लीले तयार पारेको १२ बु“दे आदेशपत्र बोकेर दिल्लीको ताज होटेलमा उदाए, तब राष्ट्रियताको सवालमा नेपाली कम्युनिस्टहरूमाथि उनले राख्दै आएको भरोसा पनि अस्ताएको थियो।
राजेश्वर देवकोटा कुसल साहित्य शिल्पी पनि थिए। उनी विचारक र दार्शनिक पनि थिए। जुन उनले सृजना गरेका उपन्यासहरूले समेत पुष्टि गरेका छन्। उत्सर्ग प्रेम र पूर्वकथा उनका सबैभन्दा बढी चर्चाका उपन्यास हुन्। यसबाहेक उनका थुप्रै उपन्यास, कविता, निबन्धहरू प्रकाशित भएका छन्। राजेश्वर देवकोटाले नेपाली राजनीतिका थुप्रै उतारचढाव देखे, भोगे। तत्कालीन राष्ट्रिय पञ्चायतको अध्यक्ष बने, मन्त्री बने तर प्रधानमन्त्री बन्ने उनको योग्यता र क्षमताको कदर कहिल्यै भएन। उनी राजावादी भएर पनि राजाकै जगजगीमा समेत उपेक्षित एक्लो बृहस्पतिजस्तै थिए।
राजेश्वर देवकोटा राष्ट्रवादी आन्दोलनका साधक थिए, एकलव्य थिए। आज राजेश्वर देवकोटा हामी बीच छैनन्। तर पनि उनले देशको राष्ट्रियता, स्वाधीनताको प्रवद्र्धनमा पु¥याएको योगदानको मूल्य भने कम भएको छैन। देशमा सामाजिक सद्भाव कायम राख्दै राष्ट्रिय स्वाधीनताको आन्दोलनको दायित्व अब युवापुस्ताले आफ्नो का“धमा लिनुपर्दछ भनेर बारम्बार भन्ने गर्दथे। विचारविहीन राजनीतिले उत्पन्न गरेको सामाजिक विग्रह र यसको कारण देशको राष्ट्रियता नै कमजोर बनेको वर्तमान अवस्थामा स्वाधीनताको पक्षमा राजेश्वर देवकोटाले देखाएको निष्ठा र समर्पण हामी सबैका लागि प्रेरणा बनेको छ।
प्रतिक्रिया