सोनम र सुजाताले कसे लगनगाँठो


मोडल, गायक, भिजे तथा म्युजिक भिडियो निर्देशक सोनम पाख्रिन विवाह बन्धनमा बाँधिएका छन्। उनले आफ्नो एक वर्षदेखिको प्रेम सम्बन्धलाई गन्तव्य दिने क्रममा आइतबार विधिपूर्वक विवाह गरेका हुन्।

दार्जिलिङका उनले ललितपुर चापागाउँकी टाहाखेल निवासी सुजाता विष्टसँग विवाह गरेका हुन्। ‘एक वर्षअघि सुस्तरी बोलको गीतमा सँगै अभिनय गरेका थियौं। त्यसको केही समयपछि गायक दीपेशकिशोर भट्टराईको अर्को गीतमा सँगै काम गर्ने समयमा मैले उनलाई प्रपोज गरेको थिएँ। उनले स्वीकार गरिन् र बिहे ग¥यौं’ –सोनमले सुनाए।

मोडलिङमा खासै रुचि नदिने सुजाता आईडीपी नामक कन्सल्टेन्सीमा सुपरभाइजरको रूपमा कार्यरत छिन्। तीन म्युजिक भिडियोमा सुजातासँगै काम गरेका सोनमले आगामि दिनमा आफ्ना भिडियोमा सुजातालाई खेलाउने योजना रहेको सुनाए। ‘उनलाई मोडलिङमा रुचि नभए पनि मेरो आफ्नै भिडियोमा चाहिँ खेलाउने प्लान छ’ –उनले भने।

शुरूमा आफ्नो प्रेमबारेमा कुरा राख्दा सामान्य कठिनाइ भए पनि पछि सुजाताको परिवारले स्वीकार गरेको उनले बताए।