बलिउडका दश कामुक अभिनेतृ


पूर्वक्यानेडियन पोर्नस्टार तथा बलिउड अभिनेतृ सन्नी लियोन बलिउडकै सर्वाधिक कामुक ठहरिएकी छिन्। एक भारतीय अनलाइनले हालै सन् २०१६ को विभिन्न विषयमा सर्वेक्षण गर्दै आफ्नो पाठकलाई केही प्रश्न सोधेको थियो। जसमा वर्ष २०१६ मा सबैभन्दा कामुक बलिउड अभिनेतृ को हुन् भन्ने प्रश्न पनि सोधेको थियो।

सोही सर्वेक्षणमा सन्नी लियोन बलिउड नायिकाहरूमध्ये सर्वाधिक कामुक ठहरिएकी हुन्। उनी दीपिकाभन्दा २० प्रतिशत बढी भोट पाएर पहिलो स्थानमा आएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। जसका कारण दीपिका पादुकोण दोस्रो स्थानमा सुरक्षित हुन पुगिन्।

त्यस्तै हट एन्ड सेक्सी नम्बरको तेस्रो स्थानमा ज्याकलिन फर्नान्डिज परेकी छिन्। हलिउडमा समेत ख्याति कमाइसकेकी प्रियंका चोपडा भने यस सर्वेक्षणमा चौथो स्थानमा खुम्चिएकी छिन्। पाँचौं स्थानमा ४३ वर्षीय अभिनेतृ ऐश्वर्या राय बच्चन परेकी छिन्। अनुश्का शर्मा छैटौं स्थानमा छिन् भने सोनम कपुर सातांै नम्बरमा छिन्।

दुई फिल्ममा मात्र देखिएकी कृति सेनन आठांै नम्बरमा परेकी छिन्। त्यस्तै करिना कपुर नवौं स्थान छिन्। यसले उनको लोकप्रियता घट्दै गएको छ भन्ने देखाएका छ। यो सर्वेक्षणअनुसार नगरिस फाखरी दसौं स्थानमा परेकी छिन्।