सिडनी, (एजेन्सी)
अस्ट्रेलियाली वैज्ञानिकहरूले सार्कको रोग प्रतिरोधात्मक प्रणालीलाई बढाउने एक प्रकारको तत्त्वबाट बनाइएको औषधिले मानिसको उपचारै हुन नसक्ने फोक्सोको रोग कम पार्न सकिने आशा व्यक्त गरेका छन्।
इडिओपाथिक पल्मोनरी फाइब्रोसिस (आइपीएफ) नामक रोगले मानिसको फोक्सोमा घाउ बनाउने गर्दछ। जसले गर्दा विस्तारै श्वास फेर्न कठिन हुँदै जान्छ।बेलायतमा मात्र यस रोगको कारण वर्षेनी ५ हजारभन्दा बढी व्यक्तिको ज्यान जाने गरेको बेलायती फोक्सो प्रतिष्ठानले जनाएको छ।
अनुसन्धानकर्ताहरूले सार्कको रगतमा पाइने एक प्रकारको एन्टिवडीको आधारमा बनाइएको नयाँ औषधि आगामी वर्ष मानिसमा परीक्षण गर्ने आशा व्यक्त गरेका छन्। एडी–११४ नामक सो औषधि मेलवर्नको ला ट्रोब युनिभर्सिटी र वायोटेक्नोलोजी कम्पनी एडाल्टाले तयार पारेका हुन्। सो औषधिले फाइब्रोसिका कोषहरू खतम पार्ने गर्दछ।
प्रतिक्रिया