उसलाई भ्याइनभ्याई किन पनि छ भने आधा घन्टाको समाचारिय कन्टेन्ट मात्र होइन, विज्ञापनको खोजीमा भौतिक र मानसिक दुवै रूपमा ऊ सक्रिय हुनुको विकल्प छैन। व्यवस्थापकको रूपमा पत्रकार एवम प्रशासनिक कर्मचारीको मनोविज्ञान बुझ्ने र सोही अनुसार मासिक रूपमा व्यवहार गर्नुपर्ने अटुट दायित्व पनि छ उसको।
अशोक सिलवाल
सुरुमा उसले टाइप सिक्यो। सिकेको केही समयमै ‘उस्ताद टाइपिस्ट’ भइसकेको थियो ऊ। त्यसपछि उसले डिजाइनिङ सिक्यो। र, केही दिनमै ऊ ‘उस्ताद डिजाइनर’ पनि भइहाल्यो।
त्यो यस्तो समय थियो, पत्रपत्रिकाको सम्पादकहरू कम्प्युटरको मोनिटरमा डिजाइनरले अक्षरलाई सानो वा ठूलो बनाउँदा आश्चर्यचकित हुन्थे। उसले त्यो बेला ‘कम्प्युटर म्यान’को रूपमा पत्रकारिता प्रवेश गरेको थियो। पत्रकारिता उसको लागि काठमान्डुमा जीवकोपार्जनको माध्यम थियो। फगत जागिर थियो। यदि त्यसभन्दा बढी केही थियो भने उसैलाई थाहा होला। तर, मैले उसलाई त्यसबारे कहिल्यै सोधिनँ।
एक दिनको कुरा हो। म एकजना मन्त्रीको अन्तर्वार्ता लिएर पत्रिकाको कार्यालय फर्केको थिएँ। टेपरेकर्डरबाट अडियो अन्तर्वार्ता कापीमा उतार्दै थिएँ। ऊ उही आफ्नो नियमित काममा व्यस्त थियो। तुलनात्मक रूपमा ठूलो आकारको डेस्कटप अगाडि किबोर्डमा औंलाहरू चलाइरहेको थियो। ऊ आफै टाइप गथ्र्यो। आफै डिजाइन गथ्र्यो। रंगहरूसँग खेल्थ्यो। कम्प्युटरसँग उसको अन्तरंग सम्बन्ध थियो। शहरमा त्यो उसको जीवन बाँच्ने आधार थियो। कम्प्युटरमार्फत ऊ आफ्नो भविष्यको बाटो कोर्दै थियो।
म उसको पछाडि र कहिलेकाहीँ सायदै उसैको अगाडि पनि उसलाई ‘कम्युटरको केटा’ भन्थें र आफुलाई अप्राविधिक पत्रकार भन्ठान्थें। र, पत्रकार भनेको ‘विशेष’ हो भन्ने भ्रम ममा थियो। अन्तर्वार्ता लिनु, समाचार र आलेख लेख्नुभन्दा ठूलो काम दुनियाँमा अर्को केही छैन छायाँले छपक्कै छोपेको थियो मलाई। २०५८ सालको कुरा हो यो।
मैले मन्त्रीको अन्तर्वार्ता उतारिरहँदा आफ्नै काममा व्यस्त ऊ मेरो टेपरेकर्डरमा गहिरो गरी घरीघरी हेरिहेको मैले थाहा पािइसकेको थिएँ।
अन्तवार्ता उतारिसक्दानसक्दै ऊ मेरो टेपरेकर्डर नजिक आयो। र, गहिरोसित त्यसलाई हेरिरह्यो।
‘यसमा तिम्रो स्वर भर्ने हो ?’, औंलाले रेकर्डरतिर देखाउँदै उसलाई मैले भनें।
‘हो’, खुशीले चम्किलो अनुहार बनाएर उसले त्यति मात्रै भन्यो।
मैले रेकर्ड अन गरिदिएँ।
त्यसपछि उसले समाचारवाचकले जसरी छेउमै रहेको पुरानो अंकको पत्रिकाको दुइटा बासी समाचार नबिगारी पढ्यो। रेकर्डलाई रि गरेर हामीले सुन्यौं। स्वर निकै प्रस्ट र खँदिलो आयो। उसले आफ्नो आवाज शतप्रतिशत ध्यान दिएर निकै गम्भीर भएर सुनेको थियो। मैले भनें, ‘तिम्रो स्वर रेडियोको लागि गजज्ब छ।’
यी केही प्रारम्भिक स्मृति हुन्। त्यसपछि अनामनगरमा कार्यालय रहेको त्यो पत्रिकाको प्रिन्टलाइनमा हरेक हप्ता डिजानर शिव अधिकारी रूपमा छापिदै ऊ केही बर्ष त्यहीँ सक्रिय रह्यो। म जीवनको यात्रामा अनामनगर आसपास लागें। पहिले पनि पत्रकार र प्राविधिकको रूपमा मात्र हाम्रो भेटघाट हुन्थ्यो। प्राविधिक कारणबाहेक अरु कारणले हाम्रो खासै भेट हुन्थेन। कर्मथलो नै फेरिएपछि त भेटघाट झनै पातलियो।
दुइ–तीन बर्षमा आक्कलझुक्कल भेट हुन्थ्यो, बाटोतिर। डिजाइनिङमा ऊ अझ जमेर लाग्यो। साप्ताहिक हुँदै ऊ दैनिक पत्रिकाको डिजाइनर भइसकेको थियो। तर, उसले आफूलाई टाइपिस्टबाट डिजाइनरमा रूपान्तरण गरेर मात्र चित्त बुझाएन।
उसले अडियो–भिजुअल इडिटिङको तालिम लिंदै गरेको एक भेटमा बतायो। त्यसपछि उसले टेलिभिजन इडिटरको रूपमा काम गर्न थालेछ। ऊ त्यसमा मात्र सिमित रहेन। उसले क्यामरा चलाउन सिकेछ। स्क्रिप्ट लेख्न थालेछ। विस्तारै उसले आफूलाई अझ अगाडि बढाइरह्यो। उसले टेलिभिजनका लागि अन्तर्वार्ता लिन पनि थाल्यो।
उसले भिडियो खिच्न थाल्यो। खिचेको भिडियोलाई इडिट गर्न थाल्यो। त्यसमा अनेक साउन्ड र इफेक्ट हाल्न थाल्यो। एनिमेसन गर्न थाल्यो। ऊ टेलिभिजन कार्यक्रम उत्पादनको लागि प्रत्येक काम गर्न सक्षम भइसकेको थियो। जस्तो किः खिच्न, सम्पादन गर्न, प्रस्तुत गर्न, परिकल्पना गर्न, निर्माण गर्न र निर्देशन गर्न आदि। ऊसँगका त्यसपछिका भेटहरूमा उसको भाषा पनि बेग्लै भइसकेको थियो। फुटेज, जुम इन, जुम आउट, एङ्ल, क्लोज अप, वाइड, बाइटस् जस्ता शब्दहरू बढी बोल्थ्यो ऊ।
त्यसक्रममा उसले आफ्नै प्रडक्सन कम्पनी खोल्यो। त्यसपछि ऊ खासगरी विभिन्न संस्था र निकायहरूका लागि बृत्तचित्र बनाउनेतिर बढी ढल्कियो। उसको जनसम्पर्क दिन ‘दुगुना, रात चौगुना’को दरले व्यापक हुन थाल्यो।
काठमान्डुस्थित विभिन्न अन्तराष्ट्रिय दातृ निकाय, सरकारी कार्यालय र निजी कम्पनीहरूमा उसले प्रपोजलहरू फ्याँक्न थाल्यो। र, त्यो क्रम केही बर्ष चल्यो पनि।
त्यही बीचको कुरा हो, काभ्रेको एउटा गाउँबाट आएको ऊ एक दिन निजी जीपमा भेटियो। ऊ आफैले त्यो जीप हाँकेको थियो। मैले केही सोध्नुअघि नै भन्यो, ‘केही दिनमात्र भयो किनेको।’
त्यसरी ऊ जीप चढ्ने भएको थियो। त्यसअघि ऊ सामान्य खालको सम्भवत सेकेन्ड ह्यान्ड बाइकमा चढ्थ्यो।
त्यसपछि पनि हाम्रो भेट बाक्लिएन केही समयपछि मैले उसलाई एउटा राष्ट्रिय टेलिभिजनमा समाचारवाचकको रूपमा देखें। ऊ टेलिभिजनको प्रत्यक्ष प्रसारणमा स्क्रिनभरी फैलिएको थियो। मैले झन्डै दशकअघि उसले मेरो टेपरेकर्डरमा बासी समाचार रेकर्ड गरेको क्षण सम्झिएँ।
ऊ त्यो टेलिभिजनमा समाचारवाचक मात्र थिएन, त्योभन्दा बढी थियो। उसले त्यहाँ ‘दश बजे’ नामको दैनिक कार्यक्रम पनि चलायो। दश बजे ऊ र उसको टीम सरकारी कार्यालयहरू जान्थ्यो र त्यहाँको अवस्था खिच्थ्यो। बिहान खिचेको भिजुअल साँझ देखाउँथ्यो। एक प्रकारको सशक्त ‘छडके’ कार्यक्रम थियो। त्यसताका मलाई उसको त्यो कार्यक्रमको लत लागेको थियो।
एक्कासी त्यो टेलिभिजन बन्द भयो। उसको मूलधारको टेलिभिजन पत्रकारिता फेरि प्रडक्सन हाउसको चक्रमा आइपुग्यो। त्यसअघि नै उसले भरोसा नेपाल नामको गरैसरकारी संस्था खोलिसकेको थियो। त्यसैलाई अगाडि बढाउँदै आइसीआइडी नामको अर्को प्रडक्सन हाउसलाई पनि उसले सक्रिय पार्यो।
एसको अर्को एउटा पक्ष पनि उल्लेख गरिहालौं। केही बर्षअघि ऊ सूचना तथा संचार मन्त्रालयको प्रेस सल्लाहकार नियुक्त भयो। त्यो निणर्य क्याबिनेटले नै गरेको मैले गारेखापत्रमा पढेको थिएँ। एउटा अवधिसम्म उसले त्यहाँ रहेर मिडियाको मात्र होइन, देशको शासन व्यवस्थाका भित्री चलखेललाई नजिकबाट छाम्ने अवसर पाएको ऊ मलाई बेलाबेला बताउँथ्यो।
त्यसको केही समयपछि उसले न्युज ट्वाइन्टी फोर र अरनिको टेलिभिजनमा हरेक दिन दुईपटक प्रसारण हुने गरी दैनिक टेलिभिजन कार्यक्रम सुरु गर्यो। ऊ कार्यकारी निर्माता रहेको विकासका बहुविषयमा आधारित कार्यक्रम ‘डेभलपमेन्ट फोरम’ले दुई बर्ष पूरा गरिसकेको छ। त्यही कार्यक्रम संचालनका लागि उसले दर्जन बढीलाई रोजगारी सिर्जना गरेको छ। तर, यतिमै सिमित छैन, उसको जीवनचर्या।
विभिन्न राष्ट्रिय–अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सार्वजनिक सुनुवाई शैलकिा खुला बबहसहरूमा सहजकताृको भुमिकामा पनि यदाकदा देखा पर्ने गरेको छ। बृतत्रिचको काम पनि छँदैछ।
पछिल्ला बर्षहरू भक्तपुरमा बस्दै आएको ऊ बिहान सबैरै काठमान्डुको अनामनगरमा आइसकेको हुन्छ। र, साँझ अबेर मात्र भक्तपुर फर्किन्छ। उसलाई भ्याइनभ्याई किन पनि छ भने आधा घन्टाको समाचारिय कन्टेन्ट मात्र होइन, विज्ञापनको खोजीमा भौतिक र मानसिक दुवै रूपमा ऊ सक्रिय हुनुको विकल्प छैन। व्यवस्थापकको रूपमा पत्रकार एवम प्रशासनिक कर्मचारीको मनोविज्ञान बुझ्ने र सोही अनुसार मासिक रूपमा व्यवहार गर्नुपर्ने अटुट दायित्व पनि छ उसको।
उसको जीवनको कथालाई अब यसरी संक्षेपीकरण गर्छु। गाउँको असाध्यै सामान्य परिवेशबाट काठमान्डु छिरेको एउटा कर्मठ किशोर कसरी कम्प्युटर म्यानबाट कम्पनी म्यान भयो ? त्यसको उत्तर हो शिव अधिकारी।
प्रतिक्रिया