वर्ष सुन्दरी छानिने


नेपाल, बंगलादेश र भारतका विभिन्न शहरबाट वर्ष सुन्दरी छानिने भएको छ। सौन्दर्य प्रतियोगीताको भिडमा एक फरक सोच र उद्देश्यका साथ युवतीहरूको प्रतिभालाई उजागर गर्नका लागि वर्ष सुन्दरी २०१७ आयोजना गर्न लागिएको हो।
विगतका वर्षहरूमा भारतमा मात्र हुने वर्ष सुन्दरी प्रतियोगिता गत वर्षबाट बंगलादेश र यो वर्षबाट नेपालबाट पनि आयोजना गर्न लागेको हो।

प्रतियोगीताको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आयोजक संस्थाले अडिसन फर्म खुल्ला भएको जनाएको छ। भारत तथा बंगलादेशका विभिन्न शहरमा यस प्रेतियोगिताको अडिसन तथा सेलेक्सन राउन्ड हुने तथा यो वर्ष काठमाडौंमा मात्र अडिसन तथा सेलेक्सन राउन्ड हुनेछ। सेमिफाइनल तथा फाइनल राउन्ड भने भारतको कोलकोतामा जुलाई २२ तारिखमा हुनेछ। आरएस फिल्म्स् तथा एभरेस्ट नेपाल कल्चरल ग्रुपले नेपाल अडिसन तथा सेलेक्सन राउन्ड आयोजना गर्दै छ।
हिट्स म्युजिक अवार्ड शनिबार
हिट्स नेपाल प्रालिको अयोजनामा वर्षेनी हँुदै आएको हिट्स एफएम म्युजिक अवार्डको यो वर्ष आगामी शनिबार हुने भएको छ। २०औं संस्करणको यो सांगीतिक अवार्ड सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा हुने आयोजकले जानकारी गराएका छन्। कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन, हिट्स एफएम डटकम डट एन पी र हिट्स् एफएमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

२०५४ सालमा जम्मा ७ विधाबाट शुरू भएको अवार्डमा यस वर्ष सर्वोत्कृष्ट पुरुष गायन पप, सर्वोत्कृष्ट महिला गायन पप, सर्वोत्कृष्ट युगल गायन, सर्वोत्कृष्ट समूह गायन, सर्वोत्कृष्ट एकल गायन पुरुष, सर्वोत्कृष्ट एकल गायन महिला, लसर्वोत्कृष्ट रक गायन, सर्वोत्कृष्ट गीति संग्रह, सर्वोत्कृष्ट गीत, चलचित्र गीत, सर्वोत्कृष्ट लोक गीत, सर्वोत्कृष्ट रचना, सर्वोत्कृष्ट संगीत संयोजन, सर्वोत्कृष्ट सीर्जना, सर्वोत्कृष्ट रक संगीत सिर्जना र सर्वोत्कृष्ट नवप्रतिभा गरी १६ विधामा अवार्ड प्रदान गरिनेछ। त्यसै गरी एकजना संगीतकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने हिट्स नेपाल प्रालिका अर्जुन घिमिरेले जानकारी गराएका छन्। अवार्डमा गत २०७२ वैशाख १ गतेदेखि २०७२ चैत्र मसान्तसम्म बजारमा आएका एवं हिट्स एफएममा दर्ता भएका गीत तथा गीतिसंग्रहबाट छनोट गरिएको गीतसंगीत प्रतिस्पर्धामा रहेका छन्।

यस वर्षको अवार्ड कार्यक्रममा राजेश पायल राई, सुगम पोख्रेल, शिव परियार, प्रमोद खरेल, अल्मोडा राना उप्रेती, कुन्ती मोक्तानलगायतले सांगीतिक प्रस्तुति दिने आयोजकले जानकारी गराए।

यस वर्षको अवार्डमा पुरुष गायनतर्पm विश्व नेपाली, प्रमोद खरेल, राजेशपायल राई रामकृष्ण ढकाल र शिव परियारबीच प्रतिस्पर्धा छ भने महिना गायनतर्पm अञ्जु पन्त, प्रतिमा राजभण्डारी, रजिना रिमाल, रीमा गुरुङ होटा र सुनिता प्रधान लिम्बूबीच प्रतिस्पर्धा देखिएको छ। त्यसै गरी एडियन प्रधानको अभिवादन, ब्रम्हास्त्रको जाल, कन्दराको भेडी गोठैमा, शिव परियारको शिव बुक र सुवास सुन्दासको उड्न देऊ एल्बम प्रतिस्पर्धामा छन्।