पर्वतको घमाइलो दिनमा गीतसंगीतको रमाइलो

0
Shares

पर्वत, (नेस)। अघिल्लो दिन पानी परेर निथु्रक्क भिजेको थियो पर्वतको कुस्मा र पर्वत महोत्सवस्थल। भोलिपल्ट बिहानैदेखि पारिलो घाम लागेपछि हजारौं दर्शकले खचाखच भरियो।

माघमा लागेको पारिलो घाममा भरिएका दर्शकलाई गायकहरू राजन ठकुरी र प्रकाश सपुतले छमछमी नचाए। लोकदोहोरी गायक राजन ठकुरीले सिमसिम पानी रैछौ बेइमानी र एउटा चिठ्ठी लेख्न मन लाछ गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाए। उनले बजारमा आउन लागेको आफ्नो नयाँ कौडागीत मनै छोयो बुट्टे चोलीले गाएर पनि दर्शक उफारेका थिए।

अर्का कलाकार तथा सञ्चारकर्मी प्रकाश सपुतले माकुर माकुर घुर गाएर दर्शक नचाए भने यस्तै छ कहानी परदेशीको गाएर प्रदेशमा श्रीमान पुगेका महिलाहरूलाई निक्कै भावुक पनि बनाए। पछिल्लो समय गायनसँगै मोडलिङबाट पनि आफूलाई स्थापित गराएका सपुतले हरे हरे नारायण, तोरि भएछ, सनाइको पेपेलगायतका गीत गाएका थिए।

महोत्सबमा सपुल र तुलसा जिसीले दोहोरी गाएर सबैभन्दा बढी दर्शकलाई नचाए। जिसीले सुन्तलाले छेकिनीलगायतका गीतबाट स्टेज तताइन्। अर्की कलाकार भूमिका गिरीले धेरै नाच र गीतबाट दर्शकको मन जीतिन्। गायकहरू राजन गुरुङ, दीपक गदाल, राजेन्द्र सापकोटालगायतले पनि मनोरञ्जन गराएका थिए।