मनवीर बिग बोस


भारतीय चर्चित टेलिभिजन रियालिटी शो बिग बोसमा मनवीर गुर्जर विजेता भएका छन्। आम मानिसका रूपमा बिग बोसको घरमा पुगेका मनवीर गुर्जरले यो उपाधीसँगै ४० लाख भारतीय रुपियाँ पुरस्कार पाएका छन्।

उनले आफूले पाएको पुरस्कारस्वरूपको रकमको ५० प्रतिशत सलमान खानको च्यारिटी अर्गनाइजेसन बिइङ ह्युमनलाई दिने घोषणा गरेका छन्। उनी बिग बोसको घरमा १ सय ५ दिनको यात्रामा सबैभन्दा बलियो प्रतिस्पर्धीका रूपमा रहेका थिए। ग्रँन्ड फिनालेमा मनवीर गुर्जरसँगै लोपामुद्रा राउत बानी र मनु पन्जाबी अन्तिम प्रतिस्पर्धामा थिए। यीमध्ये मनु १० लाख रुपियाँ लिएर शोबाट बाहिरिएका थिए। वाणी फस्ट रनर्सअप भइन्। त्यस्तै एक्स ब्युटी क्विन लोपा मुद्रा राउत सेकेन्ड रनर्सअप भइन्। बिग बोसको ग्रइन्ड फिनालेको शुरुआत सलमान खानको डान्सबाट शुरु भएको थियो। कार्यक्रममा स्वामी ओम तथा प्रियंका जग्गाबाहेक सबै कन्टेस्टेन्ट सहभागी थिए भने अन्तिम प्रतिस्पर्धीका परिवारको पनि सहभागिता थियो।