अग्रज परमपरागत मूर्तिकार राजकुमार शाक्यले विश्वकै सबैभन्दा ठूलो भैरवको मखुन्डो बनाउन लागेको बताएका छन्। नेपाल ललितकला पत्रकार समाजले हरेक महिना आयोजना गर्दै आएको कलाका कुराको १५औं शृंखलामा बोल्दै शाक्यले धातुको पातामा भैरवको मूर्ति कु“द्ने र त्यसले नेपाललाई विश्वमै चिनाउन मद्दत गर्ने बताए।
नेपाली कलाको इतिहास २ हजार वर्ष लामो रहेको र त्यसले हामीलाई आफ्नो पहिचान दिनसकेको चर्चा गर्दै उनले भने– ‘नेपाली मूर्तिकलाको मौलिकताले हामीलाई समृद्ध र वैभवशाली बनाएको छ। हाम्रा पुर्खाको सीप र क्षमताले हामीलाई विश्वमै परिचित गराउन सकेको छ।’ कार्यक्रममा नेपाली परम्परागत मूर्तिकलाका विविध आयाम र विकासका बारेमा जानकारी गराउ“दै शाक्यले नेपालमा यसले प्राचीन कालदेखि नै आर्थिक विकासमा योगदान दिएको बताए।
‘परम्परागतरूपमा पारिवारिक पृष्ठभूमिबाटै यो क्षेत्रमा लाग्ने अवस्था अहिले अन्त्य भएको छ। अचेल अन्य समुदायबाट पनि परम्परागत कलाका क्षेत्रमा लाग्नेहरूको संख्या बढ्दै गएको छ। यसले सबैमा यसको पहु“च पु¥याउन सहयोग गरेको छ भने आर्थिक विकासमा समेत मद्दत पु¥याएको छ’, शाक्यले भने– ‘राज्यले थोरै मात्र चासो राखेमा नेपाली कलाले विश्वमा आफ्नो प्रभुŒव जमाउनेमा म ढुक्क छु। अहिले पनि कलाकारलाई अर्डरबमोजिम काम गर्न भ्याई–नभ्याई छ। राज्यले यो कलालाई पनि उच्च शिक्षाको घेरामा ल्याए नया“ पुस्ताको आकर्षण बढ्ने र रोजगारी अझै बढ्छ।’
उनले नेपाली परम्परागत कलाको सीप र कालिगढी क्षमता विश्वमै विशिष्ट रहेको पनि बताए। ‘नेपाली कलाकारको माग लिच्छवी कलादेखि नै अन्तर्राष्ट्रियरूपमै रहेको थियो। जुन आजसम्म कायम छ’ –शाक्यले भने। उनले नेपाली कला परम्परामा धातुको पातामा सीधै मूर्ति बनाउने मूर्तिकारको छवि बनाएका शाक्यले भुटानमा १ सय २५ फिट अग्लो मूर्ति निर्माण गरेका छन्। नेपालका विभिन्न गुम्बा, स्तुप, मन्दिरमा आफ्नो कलाकृति बनाइसकेका शाक्यले भारतलगायतका विश्वका विभिन्न स्थानमा आफ्ना सिर्जना पु¥याइसकेका छन्।
समाजमा धार्मिक र आर्थिक उपार्जन गर्नमा कलाको भूमिका अहम् रहनेमा उनले जोड दिए। कलाकारले बनाउने कलाले समाजमा मानिसमा सकारात्मक प्रभाव पार्नेसमेत उनले बताए। नेपाली परम्परागत कलाको विकासका साथै यसमा कलाकारको क्षमता अभिवृद्धिका विविध कार्यक्रम गर्ने उद्देश्यसहित स्थापित सुमेरु कलाग्रामका अध्यक्षसमेत रहेका शाक्यले नेपालका साथै विश्वका विभिन्न स्थानमा आफ्ना कलाकृति प्रदर्शनी गरिसकेका छन्।
‘संस्थागतरूपमा कला नबुझेका तर बुझ्न चाहनेलाई बुझाउने, कालिगढलाई कलाकार बन्न प्रेरित गर्ने र कलाकारहरूलाई न्यायोचित स्थान दिनका लागि सुमेरुले काम गरिरहेको छ’ –उनले भने। लिच्छवीकाल, मल्लकालमै प्रगतिको चरममा पुगिसकेको नेपाली मूर्तिकलालाई पुनर्जागृत गर्दै नेपाली कला विश्वसामु चिनाउने लक्ष्यका साथ नेपाली कलाकारले काम गरेको शाक्यको भनाइ छ। नेपाली परम्परागत कलाका एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हु“दै आएको र त्यसले नेपाली मौलिक कलालाई बचाउन सकिएको चर्चा गर्दै शाक्यले भने– ‘बाबुबाजेबाट सिक्दै यहा“सम्म नेपाली कला आएकाले यसलाई अझ प्रभावकारीरूपमा विकास गर्दै सम्मृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने अवस्था आएको छ।’
७ वर्षको उमेरदेखि बुबाको हात समाएर शाक्य कलामा होमिएका थिए। सो कार्यक्रमको सहजीकरण समाजका महासचिव देवेन्द्र थुम्केलीले गरेका थिए भने पत्रकार, कलाकार र कला अनुरागीहरूले शाक्यस“ग नेपाली परम्परागत कलाका बारेमा जिज्ञाशा राखेका थिए।
प्रतिक्रिया