‘कृषिको आधुिनकीरणसँगै आर्थिक विकास’


काठमाडौं, (नेस)
सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले कृषि विकास बैंक जनताको बैंक भएकाले यस बैंकले गरिबी निवारणको राष्ट्रिय दायित्वसमेत निर्वाह गर्नुपर्ने वताउनु भएको छ।

कृषि विकास बैंक लिमिटेडको ५०औं वार्षिकोत्सव तथा स्वर्ण महोत्सवको अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंकले आयोजना गरेको ‘नेपालको आर्थिक विकासमा कृषि विकास बैंकको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थानीले उक्त कुरा बताउनु भएको हो। उहाँले देशको आर्थिक विकासको लागि कृषिमा लगानी बढाउनुपर्ने भन्दै कृषि विकास बैंकले आफ्नो कुल कर्जाको एकतिहाई कर्जा कृषि क्षेत्रमा लगानी गर्नु सह्रानीय भएको र यसलाई ५० प्रतिशतमा पुर्याउन सके अझै राम्रो हुने धारणा राख्नुभयो।

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णीम वाग्लेले बैंकले कृषि र ग्रामीण विकासको लागि खेलेको भूमिकाबाट आफू प्रभावित भएको बताउनु भयो। उहाँले कृषिलाई आधुनिकिकरण गरी यसको माध्यमबाट देशको आर्थिक विकास गर्न सकिने र यसमा कृषि विकास बैंक अग्रसर हुनुपर्ने धारणा राख्नुभयो।

यसैगरी नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर तथा कृषि बैंकका पूर्वमहाप्रबन्धक डा. तिलक रावलले कृषि विकास बैंकमा आफुले नेतृत्व गरेको समयको अनुभव बताउँदै बैंकलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन आपूmले पहल गरेको बताउनुभयो। कृषि बैंकका पूर्वअध्यक्ष तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले कृषि विकास बैंक सरकारी स्वामित्वका अन्य दुई बैंकभन्दा उत्कृष्ट रहेको बताउनुभयो। साथै उहाँले ३१⁄३२ प्रतिशत मात्र असुलीदर रहेको अवस्थाबाट बैंकलाई बचाएर यो स्थानमा ल्याउन आफूले ठूलो मेहनत गर्नु परेको स्मरण गर्दै बैंकको अहिलेको अवस्थाले आफूलाई सुखानुभुती हुने बताउनुभयो।

बैंकका अध्यक्ष प्रमोद कार्की, प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौला तथा नेपाल वित्तीय संस्था कर्मचारी संघका राष्ट्रिय अध्यक्ष गणेशबहादुर केसीले बैंकको अवसर, प्रगती र चुनौतीको बारेमा धारणा राख्नु भएको थियो।