काठमाडौं, (नेस)। प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको लिग चरणको खेलमा विभागीय टिम हाबी भएका छन्।
लगनखेलस्थित आर्मीको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्ड हलमा भएका खेलमा साविक विजेता आर्मी, पुलिस र एपीएफले जित निकालेका छन्।
त्यस्तै पश्चिमाञ्चलले पनि जित हात पारेको छ। दोस्रो दिनको लिग खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई सोझो सेटमा पराजित गर्यो। समूह ‘ए’मा रहेको आर्मीले अपराजित रहँदै २ खेलबाट ६ अंक जोडेर नकाउट चरणको यात्रालाई सहज बनाएको छ।
एपीएफले पूर्वाञ्चलमाथि ३–० को सोझो सेटमा हराए भने साविक उपविजेता पुलिसले सुदूरपश्चिमलाई सोझो सेटमा हरायो।
प्रतिक्रिया