अमेरिकाको भिडियोमा दिलीप


केही समयदेखि अमेरिका रहँदै आएका नायक दिलीप रायमाझी म्युजिक भिडियोमा देखिएका छन्।

लामो समयदेखि अमेरिकामा बस्दै आएकी गीतकार अम्बिका गुरुङद्वारा रचना गरिएको आधुनिक गीत चमेलीकोको म्युजिक भिडियोमा दिलीपले अभिनय गरेका हुन्। लोकप्रिय गायक राजेशपायल राईको स्वरमा सजिएको उक्त गीतलाई संगीतकार प्रकाश लेप्चाले संगीतबद्ध गरेका छन्। गीतमा लेप्चाकै संगीत संयोजन छ। उक्त गीत केही समयअघि सार्वजनिक भएको गीतकार गुरुङका शब्दहरूको एकल एल्बम भावसागर–२ मा समावेश छ।

अमेरिकाकै आकर्षक लोकेसनमा छायांकन गरिएको भिडियोमा दिलीप रायमाझीका साथमा सुनिक्ष्ाँ मैनालीले अभिनय गरेकी छिन्। भरत रेग्मीद्वारा सम्पादन गरिएको भिडियोलाई अनिशा के क्ष्ँत्रीले निर्देशन गरेकी छन्। रोमान्टिक शैलीको गीतको भिडियोमा रायमाझी तथा अभिनेत्री मैनालीले आकर्षक अभिनय तथा नृत्य गरेका छन्। अमेरिकामै स्थापना गरिएको परी ड्रिम टिमले यो भिडियो प्रस्तुत गरेको हो। भिडियोमा अञ्जान अधिकारी, अशोक कार्की, विपुल कार्की, डिनुप बराजुली, सागर खनाल, यक्ष दाहाल, इच्छा पोखरेल, इशा दाहाल, मनमाया दाहाललगायतका कलाकारले पनि अभिनय गरेका छन्।