बाँके, माघ ११ – नेपालगन्जमा एक व्यक्तिका साथबाटसाढे तीन लाखभन्दा बढी रकम लुटिएको छ । धम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किँदै गरेका खजुराका दिनेश कँडेलको तीन लाख ६५ हजार भएको झोला सोमबार लुटेराले लगेका हुन् । लुटेराले कँडेलका शरीरमा काउसो दलेर पैसासहितको झोला लुटेका हुन् ।
मोटरसाइकल चलाउने बेला एक्कासी घाँटी र टाउको चिलाउन थालेपछि आफू रकमसहितको झोला छाडेर बैंकको शौचालय गएको र फर्कँदा झोला हराएको कँडेलले बताउनुभयो ।
वागेश्वरी ह्युम पाइप कम्पनीमा कार्यरत कँडेलले कार्यालय प्रयोजनका लागि झिकेको दुई लाख ६५ हजार र आफूसंँग झोलामा भएको एक लाख लुटिएको जिकिर गर्नुभयो । घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया