सैन्य शासन लागू गर्ने डुटेर्टेको चेतावनी

0
Shares

मनिला, (एजेन्सी)
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले यदि देशमा लागूपदार्थको तस्करी समस्या अझ भयावह हुने हो भने आफूले जंगी कानुन लागू गर्ने बताए। डुटेर्टेले दक्षिणी शहर दबाओमा चेम्बर अफ कमर्सका सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा आफूले लागूपदार्थसहित सबै प्रकारका खतराबाट देशलाई बचाउने शपथ लिएको बताए।

लागूपदार्थबाट ४० लाख प्रभावित छन्। उनले भने– ‘यदि यो समस्या धेरै गम्भीर बन्दै जाने हो भने मार्सल लको घोषणा गर्छु।’ डुटेर्टेले सर्वोच्च अदालत र कांग्रेसलाई संकेत गर्दै भने– ‘मलाई यो सम्बन्धमा कसैले रोक्न सक्दैन। मेरो देश सबैभन्दा ठूलो हो।’ गत महिना पनि डुटेर्टेले कुनै पनि सम्भावनालाई लिएर जंगी कानुन घोषणा हुन सक्ने बताएका थिए। डुटेर्टेले गत वर्ष राष्ट्रपति पदभार सम्हालेलगत्तै लागूपदार्थविरुद्ध युद्ध छेडेका थिए।

गत सालबाट थालिएको लागूपदार्थ तस्करविरुद्धको अभियानमा अहिलेसम्म ६ हजारभन्दा धेरैको ज्यान गइसकेको छ र १० लाखभन्दा धेरैलाई पक्राउ गरिसकेको र आत्मसमर्पण गराइएको छ।