नाडाद्वारा करसम्बन्धी तालिम



काठमाडौं, (नेस)
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा करसम्बन्धी तालिमसहितको गोष्ठी भएको छ। शुक्रबार काठमाडौंमा नाडाका निमित्त अध्यक्ष शम्भुप्रसाद दाहालको सभापतित्वमा भएको थियो।

उक्त तालिममा कूल ८१ सदस्य फर्महरूले आफनो सहभागिता जनाएका थिए। उक्त कार्यक्रममा भन्सार विभागका निर्देशक लावन्यकुमार ढकाल, आन्तरिक राजस्व विभागका निर्देशक राजकुमार खतिवडा तथा सिए साहिल अग्रवालले प्रशिक्षण दिएका थिए।

सरकारको प्रतिनिधित्वसहित यस किसिमको तालिम कार्यक्रम आयोजना गरेको पहिलो भएको नाडाले जनाएको छ। खासगरी अटोमोबाइल खुद्रा व्यवसायीले भोग्नु परिरहेका विविध समस्यामा केन्द्रित रहेर यस किसिमको तालिमको आयोजना गरिएको नाडाका उपाध्यक्ष देवकाजी श्रेष्ठले बताउनुभयो। उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोबाइल व्यवसायीहरू लाभान्वित भएको नाडाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्