एनसेललाई एक पैसा पनि कर छुट हुन्नः अर्थमन्त्री



नेपाल समाचारपत्र
काठमाडौं
उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले एनसेललाई एक पैसा पनि कर नछोडिने बताउनुभएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले एनसेलको कर विवादमा आफूलाई पनि मुछिएकोमा आपत्ति जनाउँदै उक्त कुरा बताउनुभएको हो।

अर्थमन्त्री महराले बिक्रेता र क्रेतालाई कति–कति कर लाग्ने हो ? त्यसको व्याख्या गर्ने अधिकार कर अधिकृतलाई भएको उल्लेख गर्दै त्यसअनुसार कर असुल हुने बताउनुभयो। उहाँले सार्वजनिक लेखासमितिको पनि छिटो व्याख्या होस् भन्ने इच्छा राखेको बताउनुभयो। एनसेल प्रकरणसँग जोडेर आफ्नो मलेसिया भ्रमणलाई रहस्यमय भन्दै प्रचारबाजी भएकोप्रति असन्तुष्टि जनाउँदै आफू मलेसियाका पूर्वप्रधानमन्त्रीको ‘बिग फास्ट रिजल्ट’ भन्ने कार्यक्रममा सहभागी भएको र त्यसक्रममा त्यहाँका अर्थमन्त्री र प्रधानमन्त्रीसँग पनि छलफल भन्दै आफ्नो मलेसिया भ्रमण कुनै रहस्यमय नभएको बताउनुभयो।

अर्थमन्त्री महराले विमानस्थलबाट सुन तस्करी भएको प्रकरणमा पनि आफूलाई राजनीतिक प्रतिशोध साध्ने किसिमबाट आरोप लगाइएको बताउनुभयो। उहाँले मन्त्रालयकै कार्यक्रममा पोखरामा हालै तस्करीमा भन्सारका कर्मचारीको संलग्नता रहेको भए उनीहरू भुरा माछा भएको बताए पनि बजारमा अरु नै आएको बताउनुभयो।सुन तरस्करीसम्बन्धी अनुसन्धान जारी भएको उल्लेख गर्दै त्यसको रिपोर्ट अझै आइन सकेको अर्थमन्त्री महराले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्