पूर्वराजा शितल निवासमा


काठमाडौं, (नेस)
पूर्व राजा ज्ञानेन्द्र शाह राष्ट्रपति भवन शितल निवास पुग्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको छोरीको विहेको निम्तो मान्न पूर्व राजा शाह शितल निवास पुग्नुभएको हो ।

बा ४ च ३८०७ नम्बरको हरियो रंगको टोयोटा गाडीमा शितल निवासमा प्रवेश गरेका पूर्वराजा शाह त्यहाँ २२(२५ मिनेटमात्रै बसेर बाहिरिएका छन्।

राष्ट्रपति विद्या देवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको पूर्व राष्ट्रपति डा। रामवरण यादवका नाति अभिशेष यादवसँग आज विवाह हुँदैछ।

यसअघि राष्ट्रपति भण्डारीले छोरीको विहेमा पूर्व राजा ज्ञानेन्द्रलाई आमन्त्रण गरेको समाचार सार्वजनिक भएको थियो।

गणतन्त्र आएपछि पश्चात पूर्व राजा ज्ञानेन्द्र शाह नेपालका राष्ट्रप्रमुखलाई भेटेको यो पहिलो पटक हो।

एमाले नेता मदन भण्डारीकी कान्छी छोरी निशाकुसुम पेशाले डाक्टर हुन भने अभिशेष इन्जिनियर हुन्। अभिशेष पूर्व राष्ट्रपति रामबरण यादवकी भतिजी किरण यादवका छोरा हुन्। किरण यादव महोत्तरी–२ बाट निर्वाचित कांग्रेस संसद हुन्।

निशाकुसुम र अभिशेषको आज बिहे हुँदैछ। उनीहरु बुढानिलिकण्ठ स्कुल पढ्दादेखि नै मीत्र थिए र पछि उनीहरुबीच प्रेम सम्बन्ध रहेको बताइन्छ।