(ढुनबहादुर बुढाथाकी) दक्षिण एसियाली मुलुकहरूबीचको अन्तरक्षेत्रीय व्यापार प्रवद्र्धनको अभिप्रायले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र सम्झौता (साफ्टा) सन् २००६ जनवरी १ देखि कार्यान्वयनमा आएको छ। साफ्टा कार्यान्वयनको निमित्त व्यापार उदारीकरण, संवेदनशील वस्तुको सूची, उत्पत्तिको नियम, व्यापार अवरोध, राजस्व क्षतिपूर्ति, अति कम विकसित मुलुकका लागि प्राविधिक सहायताको प्रावधान छ। त्यसो त साफ्टा आफैंमा स्वतन्त्र बजार, साझा बजार र भन्सार संघको प्रारम्भिक चरण पनि हो। र, साफ्टाले स्वतन्त्रण व्यपार क्षेत्र, भन्सार संघ, साझा बजारर अन्ततोगत्वा आर्थिक युनियनको सपना बोकेको छ। स्मणीय छ, एक आर्दश स्वतन्त्र व्यापार क्षेत्रमा वस्तु तथा सेवाप्रवाहको लागि कुनै अवरोध रहँदैन।भन्सार महसुल, कोटा, अनुदान, करको दर, प्रशासनिक प्रक्रियामा एकत्व निर्माण गरिएको हुन्छ। बाह्य व्यापारका लागि साझा नीति अवलम्बन गरिएको हुन्छ। मौद्रिक तथा वित्तीय नीतिमा समानता कायम गरिन्छ। व्यापार वाणिज्यका लागि साझा मापदण्ड, साझा मुद्रा अवलम्बनगरिन्छ।
त्यसो त दक्षिण एसियाली मुलुकहरू बीच दुईपक्षीय व्यापार सम्झौता भएकोछ। दुई पक्षीय व्यापार सम्झौता भारत–नेपाल, भारत–भूटान, भारत–अफगानिस्तान, पाकिस्तान–अफगानिस्तान, भारत– श्रीलंका, पाकिस्तान–श्रीलंका, भारत–पाकिस्तान, भारत–बंगालादेश, पाकिस्तान–बंगालदेश, श्रीलंका–मालदिभ्सबीच भएको छ। दक्षिण एसियाली स्वतन्त्र व्यापार खासै प्रभावकारी हुन नसक्दा फास्ट ट्रइक उदारीकरणस्वरूप यस्तो सम्झौता भएको हो। अन्तरक्षेत्रीय व्यापार–कच्चा पदार्थ, अर्धप्रशोधित उत्पादन र अन्तिम उत्पादनमै सीमित रहेकोमा सन् २०१० अप्रिल २९ बाट मात्र सेवा व्यापारसम्बन्धी क्षेत्रीय सम्झौता भएको छ।
तर दक्षिण एसियाली व्यापार व्यवसायमा फराकिलो विविधता छ। कतिपय मुलुकबीचको विनियम दर स्थिर छ। कतिपय मुलुकबीच परिवर्तनशील छ। उदारणका निमित्त नेपाल र भूटानको विनिमय दर भारतसँग स्थिर छ। अन्य मुलुकहरूसँग भारतको विनियम दर परिवर्तनशील छ। आयात निर्यातको लागि बंगालदेश, भारत, पाकिस्तानमा इजाजत लिनु नपर्ने व्यवस्था छ। तर मालदिभ्स र श्रीलंकामा आयातका लागि इजाजत लिनु अनिवार्य छ। नेपालमा तोकिएका वस्तुबाहेक अन्य वस्तुमा आयात इजाजत लिनु नपर्ने व्यवस्था छ। व्यापार व्यवसाय शुरुवातका लागि पाकिस्तान सजिलो मुलुक हो, जुन विश्वमै ७७औं स्थानमा छ। भूटान सबैभन्दा झन्झटिलो मुलुक हो, जुन १२४ औं स्थानमा छ। त्यस्तै भारत १२२ औं र नेपाल १२१ औं रहेको छ।
साफ्टा जसरी मौलाउला भन्ने आशा पालिएको थियो तर सो आशामा तुसारापात भइरहेको छ। अर्थतन्त्र, भूगोल, स्रोत–साधन सबै दृष्टिकोणवाट एसियाकै सर्वशक्तिमान भारतको पहलकदमी साफ्टा कार्यान्वयनमा खासै उत्साहित नदेखिनु, भारतको ७० प्रतिशत वैदेशिक व्यापार युरोप केन्द्रित हुनु, भारत र पाकिस्तानबीच मक्किएको सम्बन्ध सुधार नहुनु, क्षेत्रीय व्यापारमा अनेकौं भन्सार तथा गैरभन्सार अवरोधहरू हुनु, स्वास्थ्य, सरसफाइजस्ता सामाजिक पूर्वाधारहरू कमजोर रहनु, सीमा अपराध, आतंकवाद, लागूऔषध ओसारपसार, जलवायु परिवर्तन, कार्बनउत्सर्जन, हिमपात, बाढीपहिरोको समस्या दिनानुदिन वृद्धि हुँदै जानु साफ्टा मौलाउन नसक्नुका कारण हुन्। त्यसै गरी क्षेत्रीय समुदायबीच यातायात सञ्जाल नाजुक हुनु, वैदेशिक लगानीको ३ प्रतिशत हिस्सा मात्र यसक्षेत्रमा भित्रिनु, अन्तरक्षेत्रीय व्यापार अंश १० प्रतिशतभन्दा न्यून हुनु, विश्वको २.९६ प्रतिशत क्षेत्रफलमा २३.४ प्रतिशत अर्थात् कुल डेढ अर्ब मानिस बसोबास गर्नु, कुल १ अर्ब ३० करोड गरिबीमध्ये ५० करोड(४४ प्रतिशत) गरिब यसै क्षेत्रमा बसोबास गर्नु, आर्थिक वृद्धि सरदर ६ प्रतिशत भईकन पनि विश्व जीडीपीमा योगदान ६.६ प्रतिशत मात्र हुनु साफ्टा मौलाउन नसक्नुका हिडन कजहरू हुन्।
तथापि, दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र सम्झौता(साफ्टा) दक्षिण एसियाली क्षेत्रीय व्यापार उदारीकरणको खातिर महत्वपूर्ण कदम हुँदै हो। सन् २०१६ सम्ममा भन्सार दरलाई शून्यदेखि ५ प्रतिशतसम्म ओराली सन् २०२० सम्ममा इकोनोमिक युनियनमा स्तरोन्नति हुने सपना बुनेको छ। स्वतन्त्र व्यापार क्षेत्र सम्झौताको समुचित कार्यान्वयनबाट दक्षिण एसिया आर्थिकरूपमा सम्पन्न बन्न सक्छ। साफ्टाकोकार्यान्वयनवाट अतिकमबिकसित मुलुकहरूको राजस्वमा नकारात्मक प्रभाब पर्न सक्छ तर त्यो भन्दा अधिक व्यावसायिक अवसरहरू सृजना हुनजान्छ। अनौपचारिक माध्यमबाट भइरहेकोव्यापार व्यवसाय औपचारिक माध्यमबाट हुन गई राजस्व वृद्धि हुन जान्छ। न्यून लागतका उत्पादनहरू दक्षिण एसियाका १ अर्ब ८० करोड मानिसले उपभोग गर्ने अवसर प्राप्त गर्दछन्।
क्षेत्रीय यातायातसञ्जालमा साझेदारी हुँदा, भन्सार, गैरभन्सार अवरोधहरू हटाइँदा मालवस्तुको लागत न्यून हुन्छ। क्षेत्रीय बजारमा तुलनात्मक लाभका वस्तुले बजारीकरणको अवसर प्राप्त गर्छ र विश्वबजारमा स्वाभाविकरूपमा प्रतिस्पर्धा गर्न सक्छ। स्रोत–साधनमा साझेदारी हुँदा सदस्य राष्ट्रहरूबीच स्वच्छ प्रतिस्पर्धा निर्माण हुन्छ। क्षेत्रीय समुदायबीच लाभको समानरूपमा वितरणको अवसर सृजना हुन्छ। बजार फराकिलो हुँदा स्रोत–साधनको उपादेयतामा अभिवृद्धि हुन्छ।वाणिज्य सम्बन्ध सुमधुर हँुदै जाँदा सदस्य मुलुकबीचको राजनीतिक सम्बन्ध प्रगाढ हुन जान्छ। राजनीतिक सम्बन्ध प्रगाढ हुँदा अन्तरसदस्यीय आर्थिक गतिविधि चलायमान हुन जान्छ। क्षेत्रीय आर्थिक गतिविधिले बढावा पाउँदा उत्पादन, रोजागरी र आर्थिक वृद्धिमा स्वतः टेवा पुग्न जान्छ। अन्ततोगत्वा क्षेत्रीय आर्थिक समृद्धिले बढावा पाउँछ। यसर्थ साफ्टाको व्यावहारिक कार्यान्वयनमा
दक्षिण एसियाली मुलकहरू इमानदार हुनु आवश्यक छ।
प्रतिक्रिया