होन्डाका विजेता चयन



काठमाडौं, (नेस)
नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालीले दशैं तथा तिहार स्किमको विजेताहरू घोषणा गरेको छ। बिहीबार भएको इभेन्टमा लक्की ड्र मार्फत १० जना भाग्यशाली विजेताले ह्वीललाई घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन्।

यस स्किमको समय अविधिभर होन्डाका ग्राहकले विभिन्न नगद उपहार तथा सुविधा जित्ने अवसर प्राप्त गरेका थिए। उक्त योजनाअन्तर्गत होन्डा मोटरसाइकलको खरिदमा स्त्र्mयाच कुपनमार्पmत ग्राहकले एक लाखसम्मको नगद छुट, ५ वर्षको लागि स्पेयर पार्टस्मा १० प्रतिशत छुट तथा ५६ सय बराबरको १६ थप फ्रि सर्भिस कुपन प्राप्त गर्न सकिने प्रावधान रहेको थियो। साथै होन्डा बिग बाइक किन्दा आकर्षक नगद छुटसमेत रहेको थियो भने होन्डा कारको खरिदमा आकर्षक नगद छुट, एक वर्षको निःशुल्क रोड ट्याक्स, फ्रि एसेसरिच तथा एक वर्षको इन्स्योरेनस रहेको थियो।

प्रतिक्रिया दिनुहोस्