एनएमबि बैंकले बोनस दिने

0
Shares

काठमाडौं, (नेस)
एनएमबि बैंकको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७२⁄७३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने पारित गरेको छ।

अन्तर्राष्ट्रिय साझेदार नेदल्यान्डको एफएमओको २० प्रतिशत स्वामित्व रहेको यस बैंकको उपरोक्त बोनस शेयर पश्चात चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपियाँ पुग्नेछ। हाल बैंकको ७२ वटा शाखा, ७ एक्स्टेन्सन काउन्टर तथा ५७ वटा एटीएम रहेको छ।