राजधानीमा भोलि पानी पर्ने



काठमाडौं, (नेस) । पश्चिमी वायुको प्रभाव यथावत रहेपछि मुलुकका अधिकांश भेगको मौसम बदलिएर हल्का वर्षासहित केही भेगमा हिमपातको सम्भावना फेरी दोहोरिएको छ ।
मुलुकको पूर्वी पहाडी क्षेत्रबाहेक अन्यत्र यस्तो प्रभाव दोहोरिने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आइतबार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपात हुनेछ । काठमाडौंसहित मुलुकको मध्य क्षेत्रमा आज आइतबार बिहान छिटफुट वर्षा हुने र मध्यान्हपछि मौसममा सुधार आएपनि मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा दिनभर जसो मौसम बदलिएर हल्का वर्षा हुने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
‘अरु स्थानमा हल्का हिमपात भएपनि सुदूरपश्चिमका उच्च भेगमा भारी हिमपातको संकेत छ’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो । यद्यपि भोलि सोमबारदेखि मौसममा केही सुधार आउने श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्