भ्रामक समाचारप्रति सर्वोच्च अदालतको आपत्ति


काठमाडौं, (नेस)
सर्वोच्च अदालतले न्यायपालिकाको मर्ममाथि प्रहार हुने र यसप्रति सर्वसाधारणमा भ्रम सिर्जना हुने खालका समाचार प्रकाशन⁄प्रसारण भइरहेकोप्रति आपत्ति जनाएको छ।

अदालतका सहप्रवक्ता विश्वराज पौडेलले शुक्रबार एक प्रेस वक्तव्य जारी गरी असत्य एवं भ्रामक समाचार सम्प्रेषणबाट न्यायपालिकामा आँच आउने देखिएको हुँदा तथ्यप्रति सचेत रहन र यथार्थ एवम् वास्तविकता विपरीत समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ।

त्यस्तै समाचारमा उल्लेख भएअनुसार प्रधानन्यायाधीशबाट प्रधानमन्त्रीलाई संविधान संशोधनको विषयमा कुनै प्रकारको राय–सल्लाह दिने काम नभएको एवम् रायसल्लाह दिने काम पनि नगरिएको विज्ञप्तिमा उल्लेख छ।