सिटी एक्सप्रेसको घडेरी विजेता छनोट


नेपाल समाचारपत्र
काठमाडौं
दशैं तिहार र छठको अवसरमा सिटी एक्सप्रेसले सञ्चालनमा ल्याएको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ उपहार योजनाको बम्पर उपहार विजेता घोषणा गरेको छ।

उक्त योजनाअन्तर्गत १२ जना साप्ताहिक बिजेताले १२ थान ३२ इन्चको एलईडी टेलिभिजन प्राप्त गरिसकेका छन्। कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै बम्पर उपहार योजनाको विजेता विद्युतीय गोला प्रथामार्फत् छनोट गरेको हो। बम्पर उपहार विजेता महोत्तरीस्थित लक्ष्मीनिया–७ निवासी सन्दिलिप कुमार महतो छनोट हुनु भएको छ। उहाँले कम्पनीको तर्फबाट काठमाडौं उपत्यकामा ४ आना घडेरी जित्न सफल हुनु भएको हो।

कम्पनीद्वारा सञ्चालित उपहार योजनाको विजेताको घोषणा संँगै कम्पनीले नयाँ लोगो पनि सार्वजनिक गरेको छ। कम्पनीले समयसँगै उपलब्ध गराउन थालेका विविध सेवा तथा सुविधामा ल्याएको परिस्कृतिकरण र बृहत् सुविधा लगायत कारणलाई दृष्टिगत गर्दै नयाँ लोगो सञ्चालनमा ल्याएको जनाएको छ।