आर्सेनलले हार टार्यो



लन्डन, (एजेन्सी)
इङ्ग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनलले बर्नमाउथविरुद्ध हार टारेको छ। अन्तिम २० मिनेटमा तीन गोल फर्काएपछि आर्सेनल बर्नमाउथलाई ३–३ बराबरीमा रोक्न सफल भएको हो।

बर्नमाउथले लगातार तीन गोल गरेपछि ६९ मिनेटसम्म आर्सेनल ३–० ले पछि परेको थियो। तर त्यसपछि भने खेलले नाटकीय रूप लियो। एलेक्सिस सान्चेजले ७०औं मिनेटमा हेड गोलले खेलको धार एकाएक बदलियो।

त्यसको पाँच मिनेट नबित्दै लुकास पेरेजले आर्सेनलको गोल संख्या दोब्बर पारे। आर्सेनलले खेलको इन्जुरी समयमा ग्रानित जाकाको पासमा ओलिभर जिरोडको हेड गोल गरेपछि आर्सेनलले अंक बाड्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्