इन्डोनेसियाद्वारा सैनिक सहकार्य स्थगित


जाकार्ता,(एजेन्सी)
इन्डानेसियाले बुधवार अष्ट्रेलियासंगको सम्पुर्ण सैनिक सहकार्य स्थगित गर्ने निर्णय भएको जनाएको छ। धेरै कुराको सुधार गरिनु पर्ने भन्दै सरकारले यो कदम चालेको बताइएको छ। सैनिक प्रवक्ता मेजर जनरल वुरुयान्तोले भनेकाछन् , ‘ यो निर्णय गत डिसेम्वरमै कार्यान्वयन भएको हो।

यसबाट संयुक्त सैनिक अभ्यास लगायत बृहत गतिविधि प्रभावित भएका छन्। अष्ट्रेलियाली रक्षा अधिकारीहरूले पनि ‘ शैक्षिक सामग्री ’ लाई लिएर इन्डोनेसियाले सम्पुर्ण रक्षा सहकार्य रोकेको पुष्टि गरेका छन्। यि दुई राष्ट्रबिच लामो समय देखि चिसिएको सम्बन्धमा केहि समय यता सुधारका संकेतहरू देखिएका थिए। मेजर जनरल वुरुयान्तोले केहि समयका लागि मात्र यो कदम चालिएको र यो विषय चाँडै सुल्झिने आशा गरिएको बताएका छन्।

अष्ट्रेलियाली रक्षा मन्त्री मारिस पेनेले एक विज्ञप्ति मार्फत भनेका छन् , ‘ गत वर्षको उत्तरार्धमा इन्डोनेसियाको राष्ट्रिय शसस्त्र फौजका एकजना प्रशिक्षकले अष्ट्रेलिया स्थित तालिम केन्द«को सैनिक भाषा र केहि शैक्षिक सामग्री सम्बन्धमा चिन्ता व्यक्त गरेका थिए। अष्ट्रेलियाली फौजले ति विषयमा गम्भीर ढंगले अनुसनधान गरिरहेको छ। ’ अष्ट्रेलियाली ब्रोडकास्टिंग कर्पोरेसन (एविसि ) ले इनडोनेसियाली विशेष फौज कोप्पास्सुसले पर्थमा विशेष हवाई फौजसंग तालिम लिँदै गरेको जनाएको छ।