जेलमा मुस्लिम विद्रोहीद्वारा आक्रमण


१ सय ५० बन्दी फरार
मनिला (एजेन्सी) दक्षिण फिलिपिन्स स्थित एउटा जेलमा करिब १ सयजनाको संख्यामा मुस्लिम विद्रोहीसँग सम्बन्ध रहेका ससस्त्र ब्यक्ती प्रवेश गरेको र उनीहरूले एकजनाको सुरक्षा गार्डको हत्या गरि केहि इस्लामिक लडाकु सहित १ सय ५० भन्दा धरै बन्दीलाई मुक्त गरेको अधिकारीहरूले बताए।

रोमन क्याथोलिक बाहुल्य रहेको उक्त दक्षिणपुर्वी एसियाली मुलुकमा दशकौंदेखि उसको दक्षिण टापुहरूमा मुस्लिम विद्रोहले गाँजेको छ। किदापवन स्थित नर्थ कोटाबातो डिस्ट्रिक्ट जेलमा ती बन्दुकधारीहरूले गार्डहरूमाथि गोली प्रहार गरेको जेलका वार्डेन पिटर वोंगतले रेडियोमा जानकारी दिए। १ हजार ५ सय ११ कैदी मध्य १ सय ५८ जनालाई भाग्न दिएको उनले बताए। जेलबाट फरार भएका मध्य ८ जनालाई पक्राउ गरिएको , २ जनाले आत्मसमर्पन गरेका छन भने ६जना मारिएको राष्टपति कार्यालयले जनाएको छ।

नर्थ कोटाबातोको कार्यवाहक सिर्लिन माकासर्टेले बांगसामोरो इस्लामिक फ्रिडम फाइटर्स (बीआइएफएफ)ले गतबर्षको आधाआधीतिर उसका सदस्यहरूलाई मुक्त गर्ने योजना बनाइरहेको विषयमा आफनो कार्यालयलाई जानकारी आएको बताइन्। उनीहरू हत्यामा संलग्न थिए र उनीहरू बम बनाउने अभ्यासमा रहेकोले हामीले उनीहरूमाथि नजिकबाट निगरानी राख्दै आएका थियौं–मेकासर्टेले एएनसी न्युज च्यानललाई बताइन्।

कमान्डर डर्बिइ भनेर चिनिने आक्रमणकारीहरूका नेताको बीआइएफएफसँग सम्बन्ध रहेको जनाइएको छ। उक्त समुह मोरो इस्लामिक लिबरेसन फ्रन्ट (एमआइएलएफ)बाट टुक्रिएर गएको मेकासार्टेले बताइन्। अमेरिकी विदेश मन्त्रालयलले ५० लाख अमेरिकी डलर टाउको मुल्य तोकिएका मलेसियाली बम निर्मातालाई पक्राउ गर्न दुईबर्ष अगाडी गोप्य अभियानमा रहेका ४४ जना प्रहरी कमान्डोको हत्याको पछाडी पनि एमआएलएफ र बीआइएफएफका केहि सदस्य संलग्न रहेको मानिन्छ।

सन् २०१४ मा सरकारले सबैभन्दा ठुलो मुस्लिम विद्रोही समुह एमआएलएफसँग एउटा शान्ति सहमतिमा हस्ताक्षर गरेको थियो तर अन्य ससाना समुहहरूसँग भने द्वन्द्व जारी नै रहेको छ।