१८ बर्ष सम्म पेटमा कैँची


हनोइ (एजेन्सी)
सल्यक्रियाका क्रममा डाक्टरले कैँची हराउनु र विरामीको सरीर भित्र छुटाउनुलाई लिएर धरै ठट्टाहरू प्रचलित छन्। तर यो कुनै विरामीमा साँच्चिकै भइदियो भने के होला? भन्ने प्रश्न आफैमा भयानक लाग्छ। केहि समयका लागि डाक्टरले सल्यक्रियामा प्रयोग भएका केहि सामान विरामीको सरीर भित्र छुटाएको हुन सक्ने घटनाहरू नभएका होइनन होला। तर कसैको सरीरमा कैँची नै छुट्नु र त्यो पनि १८ बर्षसम्म उनको सरीर भित्रै रहनु भनेको अत्यन्तै अनौठो र सिरिंग पार्ने खालको घटना हुन्छ।

उत्तरी भियतनामका थाइ नुवेन प्रान्तका मा वान न्हातलाई त्यसतै भएको छ। न्हात एउटा घटनाको सिकार भएका थिए र उनलाई अस्पताल पुर्याइएको थियो। त्यहाँ डाक्टरले उनको अल्ट्रासाउन्ड गदा उनको पेटमा कुनै धारिलो बस्तु रहेको पत्ता लगाएको तेओइ त्रे अखबारले लेखेको छ।

एक पटक पुन दोहोर्याएर भएको परिक्षणमा उनको पेटमा १५ सेन्टिमिटर लामा कैँची भएको पत्ता लाग्यो।न्हातले वियतनाम एक्सप्रेस अखबारलाई आफु सन् १९९८मा एक पटक दुर्घटनामा परेको र बाक कान जनरल अस्पतालमा आफनो उपचार भएको बताए। सम्भवत त्यतिबेला भएको सल्यक्रियाका क्रममा उक्त कैँची छुटेको हुनसक्ने उनले बताए।

पछिल्लो समय न्हातलाई पेट दुख्ने गरेको र औषधीले पनि उनले कुनै राहत पाइरहेको थिएन। स्वास्थ्य मन्त्रालयले बाक कान अस्पताललाई कसले पेटमा कैँची छुटाएको हो जाँच गरि एक हप्ता भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइसकेको छ।

अस्पतालका निर्देशक त्रिन्ह थाइ लुओंगले यस मामिलामा आफुले सक्दो सहयोग गर्ने बताए। तर डाक्टरहरूले अस्पतालनमा १५ बर्ष अगाडीको कुनै पनि रिकर्ड सुरक्षित नभएको बताएका छन्।
अहिले न्हातको पेटबाट उक्त कैँची निकाली सकेको छ।