अभिषेकको नजरमा ऐश्वर्या फिल्मका लागि म्याच्योर !


लामो समय भयो अभिषेक बच्चन र ऐश्वर्या राय वच्चनको अभिनेता अभिनेतृ दम्पतीलाई दर्शकले एउटै पर्दामा देख्न पाएका छैनन्। बलिउडका बिग बी अमिताभ बच्चनका यी छोरा–बुहारी पिता–माता भएपछि ऐश्वर्या बलिउडको पर्दाबाट हराएसरह भएकी छिन्। त्यसमाथि अभिषेक र ऐश्वर्यालाई एकैसाथ एउटै पर्दामा देख्न चाहनेहरुको चाहना पूरा नभएको त धेरै समय भएको छ।

ग¬रु, रावन, क¬छ ना कहो तथा सरकार राज जस्ता फिल्ममा सँगै देखिएका अभिषेक र ऐश्वर्याको स्क्रिन जोडीलाई पनि दर्शकले मन पराएका थिए। तर, २००७ मा उनीहरुको विवाह भएपछि द¬वैले एकसाथ काम गरेका छैनन्।

भारतीय सञ्चारमाध्यमको विश्वास गर्ने हो भने। प्रभ¬ देवाले निर्माण गर्न लागेको एक फिल्ममा अभिषेक र बन्टी बालिया सहनिर्माता छन्। समाचारअनुसार यो फिल्ममा ऐश्वर्या अभिषेकसँग काम गर्न चाहन्थिन्। तर, बलिउडका यी ज¬नियर बच्चनलाई ऐश्वर्याको यो विचार भने मन नपरेको समाचारमा चर्चा गरिएको छ।

सूत्रलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार ऐस फिल्म बनाउन चाहन्थिन्। तर, अभिषेकले टिमसँग क¬नै फ्रेस र योङ अन¬हार लिएर आउन भने। सारा दुनियाँलाई क्युट लाग्ने ऐश्वर्या अभिषेकलाई भने फिल्मका लागि निकै म्याच्योर देखिन्छिन् भन्ने लाग्छ। तर, यो समाचारको आधिकारिता भने पुष्टि भएको छैन।