यादहरु बोकेर आए राजन


राजन राना मगर पनि गायकका रूपमा नेपाली सांगीतिक आकाशमा उदाएका छन्। लामिडाँडा गाविस–१ तिर्पा खोटाङमा माता फूलकुमारी राना तथा पिता टंकबहादुर रानाको कोखबाट जन्मिएका राजन यादहरु बटुलेर आउँछ साँझ बिहान, परेली झन् रुझाएर जान्छ साँझ बिहान बोलको गीतहरूमार्फत् सांगीतिक बजारमा उदाएका हुन्।

उनको गीतमा गायिका मेलिना राईले पनि साथ दिएकी छिन्। राजन र मेलिनाको युगल स्वरमा सजिएको प्रेममा विछोडिएका प्रेमिकाहरूको याद झल्काउने शब्द रचना रहेको उक्त गीतलाई गिरिराज राना ‘आत्मविश्वासी’ ले लेखेका छन्। उक्त गीतमा अनील विरहीको कम्पोज तथा केबी भण्डारीको एरेन्ज रहेको छ।