बसन्ताको मनमा

0
Shares

एक दशकदेखि निरन्तर संगीत साधनामा रहेकी बसन्ता प्रकृतिले मनमा नामक अडियो गिती एलबम सार्वजनिक गरेकी छिन्। एल्बममा उनले हेरी सिधै नजरमा, कति बस्छौ टाढा टाढा, कल कल बग्ने, चुलबुल चुलबुलजस्ता गीतहरु समावेश गरेकी छिन्। चन्द्रप्रसाद काफ्ले, दीपक शर्मा, तुलसी बस्नेत र किशोर थापाका शब्द, संगीत रहेको मनमा बसन्ताको पहिलो एल्बम हो। ‘अरु कलेक्सन एल्बममा गीत गाए पनि मनमा मेरो पहिलो एकल एल्बम हो’ –उनले भनिन्। लगातार १० वर्षदेखि गीत संगीत सिक्दै आएर अहिले अलिक परिपक्वताका साथ स्रोतामाझ आएको उनको दाबी छ। एल्बममा रहेको कति बस्छौ टाढा टाढा बोलको गीतको म्युजिक भिडियोले पनि यतिबेला युट्युबमा दर्शक⁄स्रोताको साथ पाएको छ।