एमालेले दोहोरो चरित्र देखायोः उपप्रधानमन्त्री

0
Shares

गोरखा, (नेस)
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको विषय र सीमांकनको विषयमा एमालेले दोहोरो चरित्रको भूमिका खेलेको आरोप लगाउनुभएको छ। शनिबार नवौं गोरखा महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री निधिले सो कुरा बताउनुभएको हो।

‘एमालेले दोहोरो चरित्रबाट आफ्नो भूमिका प्रस्तुत गरिरहेको छ’, उहाँले भन्नुभयो– ‘देशकै दोस्रो ठूलो पार्टी भएर यस्तो गैरजिम्मेवारी कुरा गर्नु लाजमर्नु हो।’