यामाहाको नयाँ वर्ष योजना



काठमाडौं, (नेस) यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०१७ को अवसरमा नयाँ अफर ल्याएको छ। यामाहाको दशैं अफरमा ग्राहकबाट साथबाट उत्साहित एमएडब्लुले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउन ‘फाइभ बुलस २०१७’ अफर ल्याएको हो। यो अफरअन्तर्गत यामाहा ब्रान्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले पाँच हजार रुपियाँ नगद छुट पाउनेछन्।

‘यामाहाले सधैं आफ्ना ग्राहकलाई केन्द्रबिन्दुमा राखेर योजना ल्याउने गर्छ। हामी सुरक्षा, गुणस्तर र विश्वस्तरीय अनुभवप्रति निकै सचेत छौं। दशैं अफरमा हाम्रा ग्राहकको प्रतिक्रियाबाट हामी निकै उत्साहित भएर नयाँ वर्षको अवसरमा यो अफर ल्याएका छौं,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट एजीएम दीपक रौनियारले भन्नुभयो–‘हामीलाई विश्वास छ यो अफरले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउनेछ। हामी विश्वास दिलाउन चाहन्छौं कि यामाहाका मोटरसाइकल र स्कुटर किन्ने यो उत्तम समय हो। किनभने हामी जे गर्छौं हाम्रा ग्राहकको पक्षमा गर्छौं।’

नयाँ वर्ष योजना यामाहाका सबै मोटरसाइकल र स्कुटरका मोडेलमा लागू हुनेछ। एमएडब्लुले यसै वर्ष स्पोर्टी स्कुटर रे जेडआरलाई नेपालमा ल्याएको थियो। यसबाहेक बजारमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो, रेजी र प्राविधिक रूपमा उच्च स्तरीय आर ३ उपलब्ध छन्। यामाहाका मोटरसाइकल र स्कुटरहरू प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन्।

नेपालमा रेसिङ कल्चर भित्र्याउने श्रेय पाएको आर १५ को डिजाइन र इन्जिन रेसिङ बाइक आर १ बाट प्रभावित छ जुन युवामाझ निकै लोकप्रिय छ। यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ। यसैले गर्दा यामाहाका बाइकमा माइलेज बढी हुने कमपनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्