ब्रिट्नी ह्याकरको फन्दामा


हलिउड बलिउडमा ठूलो स्टार हुन पनि कठिन छ। ठूला स्टारहरू संघीन आरोप र अफवाहको शिकार हुनु सामान्य कुरा भइसकेको छ। यस्तै ठूलो अफवाहको शिकार भएकी छिन् हलिउड स्टार ब्रिट्नी स्पेयर्स पनि।

बारम्बार विभिन्न अफवाह र गसिपको शिकार भइरहने उनी यसपालि फेरि अर्को गम्भिर अफवाहको शिकार भएकी छिन्। समाचार एजेन्सीका अनुसार एक सनसनी खोजका घटनाक्रममा सोनी म्य¬जिक ग्लोबलको ट्विटर एकाउन्ट ह्याक गरेर पप गायिका ब्रिट्नी स्पेयर्सको मृत्य¬ भएको भन्दै झ¬टो खबर संसारभर फैलिन पुग्यो। ह्याक गरिएको ट्विटर पेजमा गत सोमबार तुरुन्तै दुई सन्देशहरू ट्विट गरिएको थियो।

पहिलो ट्विटमा भनिएको थियो ईश्वर ब्रिट्नी स्पेयर्सको आत्माालाई शान्ति देऊ। त्यसपछि आँसुसहितको इमोजी र ह्यासट्याग सहित लेखिएको थियो कि ईश्वर ब्रिट्नी स्पेयर्सको आत्मालाई शान्ति देऊ, १९८२–२०१६।

दोस्रो ट्विट ७ मिनेटपछि गरिएको थियो। जसमा लेखिएको थियो ‘दुर्घटनामा ब्रिट्नी स्पेयर्सको मृत्यु भयो र हामी तपाईंलाई छिट्टै अधिक जानकारीपछि दिनेछौं, रिप ब्रिट्नी।’

त्यस ट्विटको तुरुन्तै ब्रिट्नीको प्रबन्धक एडम लेबरले सीएनएनसँग ब्रिट्नी ठीक र स्वस्थ भएको बताएको समाचारमा जनाइएको छ।