श्रीकृष्णलाई सम्झँदै श्वेताले गरिन् घरआँगनलाई सहयोग


नायिका श्वेता खड्काले आफ्नो अभिनेता पति स्व. श्रीकृष्ण श्रेष्ठको स्मृति दिवसको अवसरमा घरआँगन नामक संस्थालाई १ लाख ५० हजार सहयोग प्रदान गरेकी छन्। उनले बिहीबार राजधानीको दरबारमार्गस्थित द राइजिङ मलमा आफ्नै सञ्चालनमा रहेको हिमालयन जाभा कफी सपमा एक कार्यक्रमको आयोजना गर्दै घरआँगन नेपालका सञ्चालक दीपक सिलवाललाई उक्त रकम प्रदान गरेकी ह¬न्।
कार्यक्रममा बोल्दै नायिका खड्काले आफू शुरूदेखि नै सम्बद्ध भएको संस्थालाई श्रीकृष्णको जन्मजयन्तीको अवसरमा सहयोग गर्न पाएकोमा आफूले उनलाई सबैभन्दा ठूलो उपहार दिएको अनुभव भएको बताइन्। ‘धन भन्ने क¬रा जोसँग पनि हुन सक्छ। तर सामाजिक काम गर्नका लागि मन चाहिन्छ। उहाँ आफूले जति कमाए पनि त्यसको केही रकम सामाजिक सेवामा खर्च गर्नुहुन्थ्यो। मैले अघिल्लो वर्ष पनि उहाँको जन्मजयन्तीको दिन यही संस्थाका बालबालिकाका लागि केही सहयोग गरेकी थिएँ’, भावुक हुँदै उनले भनिन्– ‘यसपटक पनि संस्थाको घर बनाउने काममा जग हाल्नका लागि सहयोग गर्न पाएँ। यो नै उहाँप्रति उपहार ह¬न्छ भन्ने लाग्छ। उहाँलाई म सधँै मिस गरिरहनेछ¬।’

त्यसै गरी निर्देशक एवंम् हास्य अभिनेत्री दिपाश्री निरौलाले यो पवित्र काममा जग हाल्ने काम शुरु भएकोमा खुसी व्यक्त गरिन्। ‘केही गर्ने आँट गरे केही ह¬न्छ पनि विस्तारै यसको छत हाल्ने काम पनि सबैको सहयोगमा सम्पन्न ह¬न्छ भन्ने आशा छ। अरुका लागि सहयोग गर्दाको आनन्द अर्कै ह¬न्छ। यस्ता सामाजिक काम गर्ने अवसर फेरि पनि पाइरहूँजस्तो लाग्छ। श्री दाइलाई निकै मिस गर्दै छु –उनले भनिन्। घरआँगन नेपालले अनाथ अपाङ्ग र असहाय बालबालिकालाई आश्रयसहित पालनपोषण गर्दै आइरहेको छ। ‘भाडामा लिएको जग्गामा घर बनाउने तयारी रहेकोमा जग हाल्ने कामको शुरूआत र पहिलो सहयोग स्वेताजीबाटै शुरू भएको हो।’ कार्यक्रम सञ्चालक नरेश भट्टराईले जानकारी गराए।