दुगड ग्रुप द्वारा ओएलइडि टिभी सार्वजनिक



नेपाल समाचारपत्र
काठमाडौं
केएल दुगड ग्रूप अन्तरगतको कम्पनी स्मार्ट एप्लाइन्सेस्ले स्काइवर्थ ब्राण्डका ओएलइडि टिभी बजारमा ल्याएको छ। विद्युत् खपत कम गर्ने तथा ब्याक लाइट नभएको यो टिभिबाट प्राकृतिक दृष्य हेर्न सकिने स्मार्ट एप्लाइन्सेस्का प्रमुख कार्यकारी अधिकृत असोक खन्नाले बताउनुभयो। नयाँ नयाँ प्रविधि भित्रएर ग्राहकलाई उत्कृष्ट सेवा दिन कम्पनी लागिरहेको उहाँले बताउनुभयो। अब टिभीको बजार ओएलइडिले लिने उहाँको भनाइ छ।

स्मार्ट एप्लाइन्सेस्ले तीन वर्षदेखि होम एप्लायन्सका सामग्रीहरूको बिक्री वितरण गर्दै आइरहेको छ। कम्पनीले स्काइवर्थ ब्राण्डका टिभी, भ्याकुम क्लिनर, एयर कण्डिसनर, माइक्रो ओभनलाएतका सामग्रीहरू बजारमा ल्याएको छ। चिनमा उत्पादन हुने स्काइवर्थका सामग्री विश्वमै होम एप्लायन्स बिक्री गर्ने दास्रो ठूलो कम्पनी रहेको बताइएको छ। यस कम्पनीले इलेक्ट्रोलक्स ब्राण्डका फ्रिज तथा वासिङ मेसिनको बिक्री गर्छ। कम्पनीका नेपालभर १ सय ३० ओटा डिलर रहेका छन्। साथै कम्पनीले १६ ओटा सर्भिस सेण्टरबाट उपभोक्तालाई बिक्री पछिको सेवा दिँदै आइरहेको छ। कम्पनीले छिट्टै थप ४र५ ओटा सर्भिस सेण्टर खोल्ने तयारी गरेको खन्नाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्