न्यूरोड मोबाइल महोत्सव हुँदै


काठमाडौं, (नेस)
एनसेलको प्रयाजोनमा न्यूरोड मोबाइल महोत्सव–२०७३ हुने भएको छ। मोबाइल हबका रूपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा नेपाल मोबाइल व्यवसायी संघले आयोजना गर्ने मोबाइल महोत्सव पुस १३ गतेदेखि पुस १९ गतेसम्म हुनेछ।
संघले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजालगायतका क्षेत्रहमा नेपालकै सबैभन्दा ठूलो मोबाइल महोत्सव आयोजना गर्न लागेको दाबी गरेको छ। ‘जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने नाराका साथ मोबाइल महोत्सव गर्न लागिएको हो। महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले महोत्सवमा सबै मोबाइल ब्रान्डको सहभागीता रहेको र अंग्रेजी नयाँ वर्षको अवसरमा मोबाइल खरिदकर्ताहरूलाई अधिकतम् छुट दिइने बताउनुभयो।संघमा हाल पाँच सयभन्दा बढी मोबाइल रिटेलरहरूको आबद्धता रहेको छ।

मोबाइल महोत्सवका सहसंयोजक आविश्कारलाल श्रेष्ठले न्यूरोड मोबाइल महोत्सवमा आउने हरेक ग्राहकलाई हातखाली नजाने उपहार राखिएको भन्दै न्यूरोड क्षेत्रमा गुणस्तरीय उत्पादनमात्र बिक्री गरिएको बताउनुभयो। महोत्सव अवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा सय एमबीको डाटा अफरमा दिइने आयोजकको भनाइ छ।

त्यसैगरी ग्राहकहरूले मोबाइल खरिदमा विभिन्न ब्रान्डका स्मार्टफोनहरू दैनिकरूपमा लक्की ड्रमार्फत प्राप्त गर्नेछन् भने अन्य विभिन्न उपहारहरू पनि दैनिकरूपमा बितरण गरिनेछ। महोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय मोबाइल ब्रान्ड जोप्पो र लिएगो मोबाइल ब्रान्डहरूले औपचारिकरूपमा बिक्री शुरु गर्नेछन्।महोत्सवको अवधिभर मोबाइल बजारको विभिन्न स्थानहरूमा फुड जोन, किड्स जोन, गेमिङ जोन ग्राहकहरूका लागि राखिनेछ भने हरेक मोबाइलको खरिदमा विशेष छुट दिइने बताइएको छ।