एनबी इन्स्योरेन्समा ढकाल

0
Shares

काठमाडौं, (नेस)
एनबी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले हेमराज ढकाललाई कम्पनीको अध्यक्षमा चयन गरेको छ। ढकाल आईएमई ग्रुपअन्तर्गतको विभिन्न संस्थामा प्रबन्ध सञ्चालक हुनुहुन्छ।

बैठकले कम्पनीका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलको १ वर्ष १० महिना कार्यकालमा उहाँले दिनु भएको योगदानलाई सञ्चालक समिति तथा कम्पनीको तर्फबाट कदर गर्दै धन्यवादसमेत दिएको थियो।