चिनियाँ टोली चन्द्रागिरीमा


नेपाल समाचरापत्र
काठमाडौं
चिनियाँ कम्युनिष्ट पार्टी ‘चेन्दु का सचिव टाङलियाङचीले चन्द्रागिरी केबलकारको भ्रमण गर्नुभएको छ। चीको नेतृत्वमा आएको चिनियाँ टोलीलाई चन्द्रागिरी हिल्स्का अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रबन्धक अभिषेकविक्रम शाहले स्वागत गर्नुभएको थियो।

उक्त टोलीमा चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेस (संसद्) का अध्यक्ष बाई माचिलिन र सिनो हाइड्रोका वरिष्ठ इन्जिनियर फागजुनलगायतको सहभागिता रहेको थियो। चिनियाँ टोलीलाई अध्यक्ष ढकालले चन्द्रागिरीमा निर्माण भएको पूर्वाधारहरूको बारेमा जानकारी दिँदै ‘चीन नेपालको नजिकको छिमेकी मित्र राष्ट्र भएको र पछिल्लो समयमा चीनले हासिल गरेको आर्थिक समृद्वि र त्यसबाट सिर्जित अवसरको सदुपयोग नेपालको निजी क्षेत्रले गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।’ त्यसक्रममा सचिव चीले चन्द्रागिरीमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्यबाट आफू अत्यन्तै प्रभावित भएको र यस्तै अन्य परियोजनाहरूको निर्माण हुने हो भने नेपालको आर्थिक विकासले छोटै समयमा तीब्रता पाउने विश्वास व्यक्त गर्नुभयो।’ चेन्दुका मेयर समेत रहेका ची काठमाडौं महानगरपालिका र चीनको सिचुवानप्रान्तको सदरमुकाम चेन्दुबीच भगिनी शहरको सम्बन्ध स्थापनाका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्न गत शुक्रबार नेपाल भ्रमणमा आउनुभएको थियो।