नोटमा अंकित चंखेली हिमाल ओझेलमा



वीरबहादुर बम, मुगु
गा गाविसको बाममा रहेको चंखेली हिमाल ओझेलमा परेको छ। नेपाली १ रुपियाँको नोटमा अंकित चंखेली हिमाल समुद्री सतहबाट २९ सय मिटरको उचाइमा रहेको छ। हुम्ला र मुगु जिल्लाको दोसाँधमा रहेको उक्त चंखेली हिमाल कर्णाली अञ्चलकै ठूलो हिमालका रूपमा लिइन्छ। २०३५ सालमा तत्कालीन राजा वीरेन्द्रले २ दिनसम्म शिकार गरेर रमाएका थिए। पर्यटकीय रूपमा सुन्दर देखिने उक्त हिमाल संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेकोे छ।

सदरमुकाम आसपासमा रहेका पर्यटकीय स्थान रारा, चंखेली र छायानाथ तीर्थस्थल मुगुका मौलिक एवं प्राकृतिक गहनाका रूपमा रहेको चंखेली हिमालको बेवास्ताका कारण पर्यटकीय स्थान भएर पनि पर्यटकका लागि अपरिचित भएको मुुगु नागरिक सञ्जालका अध्यक्ष चित्रबहादुर मल्ल बताउँछन्। चंखेली हिमाल हेर्नमा मात्र आकर्षण छैन त्यस आसपासका बाम गाउँ, फाइपाटालगायतका गाउँ र चिर कालिज, कस्तूरी मृग, गुराँस, भोजपत्रका रुख लगायतका वनस्पति र गोदेगाड खोला पनि मुख्य आकर्षकका स्थल बनेका छन्। सदरमुकाम गमगढीबाट ३ घण्टाको पैदल दूरीमा रहेको उक्त चंखेली क्षेत्र सडक बाटो र सुविधा सम्पन्न होटेल र सुरक्षाको उचित बन्दोबस्त गरे आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा घुइँचो लागि जिल्लाको कायापलट हुने सुनिश्चितता रहेको छ।

प्रतिक्रिया दिनुहोस्