‘मखमलि फुल हो कि
सुन खानीको सुन हो
के हो के हो तिम्रो माया
कि संगितको धुन हो’
बोलको गितमा आफ्नो आवाज भरेकी सबिनाको गित बजारमा आईसकेको छ । सपनाका लहरहरु बोकी भविश्यमा सफल गायिका बन्ने इच्छा व्यक्त गरेकि दाङ घोराही निवासी सविना वली गित संगितको बजारमा संघर्षको मैदानमा दौडिरहेकी छिन् ।
कलाकारीता मार्फत समाजलाई झक्झकाउने र भविश्यको लक्ष्य पछ्याउँदै हिँडेकी सबिना पढ्दै गित संगित मार्फत अघि लम्कि रहेकि छिन् । काठमाडौंमा जनस्वास्थ्य विषय लिएर स्नातक तहमा अध्ययन गर्दै गरेकी सबिना थप्छिन्–‘सफल गायक बन्न संघर्ष गर्नुपर्दो रहेछ । म त्यहि मैदानको पहिलो पाईलामा छु । हेरौं अब के हुन्छ । ’ शबद, लय र संगीतवाटै गित उत्कृष्ट हुने भन्दै सानै देखिको रुचि गायन क्षेत्र रहेको सविनाको भनाई छ ।
वुवा टिकाराम वली र आमा सिता वलीको कोखवाट बि.सं २०५२ मंसिर ११ गते दाङ घोराहीमा जन्मीएकी सबिनाले हार नखाए लक्ष्यमा चुमिने र त्यसका लागी निरन्तर प्रयास आबश्यक पर्ने बताईन । कक्षा ३ देखि गित गाउन सुरु गरेकी सबिना बिद्यालय स्तरीय प्रतियोगीतामा सदैव अव्वल स्थानमा रहन्थिन् । आफ्नै गुरु आदिम केसीको शब्द र भुपु पाण्डेको संगितमा लयबद्ध गरिएको गितमा आवाज भर्न पाउँदा पहिलो पटक खुसीले गदगद भएको बताउँछिन् सबिना । बुवा आमाको सहयोगबाटै आफू यो स्थानमा आएको भन्दै लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन अग्रजहरुको भुमिका महत्वपुर्ण रहने सबिनाको भनाई छ ।
जिल्ला स्तरमा हुने स्टेज कार्यक्रममा समेत आफूले अवसर पाएको बेला गाउने गरेको र दर्शक स्रोताहरुबाट राम्रो प्रतिकृया आउने गरेको सविना भन्छिन् । उनले थपिन्,– ‘आज भन्दा दुई वर्ष अगाडी रेडियो नेपालमा तीन महिना जति सांगितीक कक्षा समेत लिएको थिए । र, त्यहाँ भोकलको तालीम दिइएको थियो । स्वर राम्रो हुन अमिलो चिज खानै पर्छ भन्ने बाध्यता छैन । अभ्यास गर्दै जाँदा म गित रेकर्ड गर्ने स्थानसम्म पुगे । ’
प्रतिक्रिया