अरूण काबेलीको शेयर बाँडफाँड नेप्से १५ सयभन्दा कम

0
Shares

काठमाडौं, (नेस)
अरूण काबेली पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको ३० करोड रुपियाँको ३० लाख कित्ता शाधारण शेयर मंगलबार बाँडफँड गरेको छ। कम्पनीले ३५ हजार रुपियाँसम्म लगानी गर्नेलाई गोला प्रथाबाट १३ कित्ता, ३५ हजारदेखि ५० हजार रुपियाँसम्मको आवेदन गर्नेलाई २ दशमलव ६७ प्रतिशत र ठूला लगानीकर्तालाई १ दशमलव ९७ प्रतिशतले हुन आउने शेयर वितरण गरेको छ।

आवेदन माग गरिएकोमा ४३ गुणा बढी रकमको शेयर आवेदन परेको बिक्री प्रबधन्क प्रवद्र्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। जारी शेयरमध्ये म्युचुअल फण्डका कम्पनीलाई डेढ लाख र कर्मचारीका लागि ९० हजार कित्ता शेयर छुट्याइएको थियो। सर्वसाधारणमा ३० करोड रुपियँँको शेयर बाँडफाँडपश्चात कमपनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपियाँ पुगेको छ। अरूण काबेली अरूण भ्याली हाइड्रो पावरको सहायक कम्पनी हो।

कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यसैबीच साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ। मंगलबार परिसूचक १८ दशमलव ८७ अंकले घटेर १४९६ दशमलव ०१ अंकमा पुगेको छ। यस दिन १३८ कम्पनीको ६८ करोड २८ लाख रुपियाँ बराबर शेयर खरिद खरिद बिक्री भयो।

मंगलबार पनि एभरेष्ट बैंकको कारोबार रकम अग्रस्थान मै रह्यो। बैंकको २८ करोड ६७ लाख रुपियाँ बराबर कारोबार भयो भने अन्य १३७ कम्पनीको ३९ करोड ३४ लाखको कारोबार भयो। मंगलबार घटेको बजारमा अन्य उपसूचक बाहेकका सम्पूर्ण उपसूचकहरू ओरालो लागे। अन्य उपसूचक ०.३६ प्रतिशतले बढ्यो भने, हाइड्रोपावर २.८६ प्रतिशत, इन्स्योरेन्स १.५२ प्रतिशत, बैंक १.३६ प्रतिशत, उत्पादन १.३६ प्रतिशत , वित्तीय १.१९ प्रतिशत होटेल १.०७ प्रतिशत र बिकास बैंक ०.९५ प्रतिशतले ओरालो लागे। त्यस्तै नागबेली विकास बैंकका लगानीकर्ताले ९.९८ प्रतिशत कमाए भने मन्जुश्री फाइनान्सको मूल्य सबैभन्दा बढी ५.५ प्रतिशतले घट्यो।