घर मेरो सोलु सार्वजनिक


गायक आङगेलु शेर्पाले घर मेरो सोलु बोलको गीतको म्युजिक सार्वजनिक गरेका छन्। संगीत कला पत्रकार संघका अध्यक्ष सुमन वैरागीको सभापतित्वमा राजधानीमा भएको कार्यक्रममा म्युजिक भिडियोलाई प्रमुख अतिथि लाक्पा शेर्पाले सार्वजनिक गरेका हुन्।

भिडियो सार्वजनिकपछि प्रमुख अतिथि शेर्पाले आङको गायकीको चर्चा गरे भने म्युजिक भिडियोका निर्देशक लाक्पा शेर्पा भीजेले म्युजिक भिडियो निर्माणका क्रममा भएका घटना सुनाएका थिए। म्युजिक भिडियोमा लाक्पा शेर्पा भीजेको निर्देशन रहेको छ भने सरस्वति लामाको कोरियोग्राफ रहेको छ। आङगेलु शेर्पाको स्वर रहेको उक्त गीतमा रोज मोक्तानको शब्द र संगीत रहेको छ। म्युजिक भिडियोमा रञ्जिता गुरुङको अभिनय रहेको छ। कार्यक्रममा संगीत कला पत्रकार संघको कल्याणकारी कोष निर्माणका लागि आङगेलु शेर्पाले नगद १० हजार रुपियाँ प्रदान गरेका थिए।