घरजग्गामा २७० अर्ब ऋण लगानी


नेपाल समाचारपत्र
काठमाडौं

क तथा वित्तीय संस्थाहरूमा चालू आर्थिक वर्षको पहिलो चार महिनामा निक्षेप संकलन ३ दशमलव ९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ प्रतिशतले बढेको थियो। यस अवधिमा वाणिज्य बैंक र विकास बैंकको निक्षेप क्रमशः ४ प्रतिशत र ४ दशमलव ८ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको निक्षेप ११ दशमलव ५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा २०७३ कार्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २० दशमलव ५ प्रतिशतले बढेको छ। त्यस्तै सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ दशमलव ४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ दशमलव ७ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ७ दशमलव ८ प्रतिशत र विकास बैंकहरूको ९ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको ७ दशमलव २ प्रतिशतले घटेको छ। वार्षिक बिन्दुगत आधारमा २०७३ कार्तिकमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २९ दशमलव ४ प्रतिशतले बढेको छ।

यस अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ५ दशमलव ७ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५ दशमलव ७ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा ७ दशमलव ३ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ७ प्रतिशत, उद्योगतर्फको कर्जा ८ दशमलव १ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० दशमलव १ प्रतिशतले बढेको छ।

कार्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६० दशमलव ७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलव ९ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९ दशमलव ७ प्रतिशत र १२ दशमलव ६ प्रतिशत रहेको थियो। कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा २७० अर्ब ४० करोड रुपियाँ (प्रति ग्राहक १ करोडभन्दा कमको १५५ अर्ब ६७ करोडको आवासीय घरकर्जा समेत) रहेको छ। उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हुन आउँछ। २०७३ कार्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले शेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २ दशमलव २ प्रतिशत (३९ अर्ब ३० करोड) रहेको छ भने वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २ दशमलव ५ प्रतिशत (३७ अर्ब ४७ करोड) छ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७ दशमलव ४ प्रतिशत (५ अर्ब ३५ करोड) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ प्रतिशतले घटेको थियो। त्यस्तै कुल आन्तरिक कर्जा ३ दशमलव ८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा शून्य दशमलव ७ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७३ कार्तिक मसान्तमा यस्तो कर्जा २२ दशमलव ७ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७ दशमलव ८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ३ दशमलव ३ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रमाथिको दाबी कार्तिक मसान्तमा २८ दशमलव ५ प्रतिशतले बढेको छ।